भीनपा १८ मा रहेको ईको पार्कमा खाल्डो भएको जमिन समथल बनाईयो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको ईको पार्कमा बस्न व्यायाम गर्न सहज होस भनेर जमिनलाई सम्याउने कार्य गरिएको छ । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखकको निर्देशनमा उक्त ईको पार्क मा जेशिबी लगाएर फिल्ड सम्याउने कार्य भएको हो ।

बुधवार नगर उपप्रमुख आफै उक्त ईको पार्कमा गएर खाल्डो, होचो, र अग्लो ठाँउमा जेसिबी लगाएर जमिनलाई समथर बनाईएको थियो । वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले विगत तेस्रो हप्तादेखी उक्त ईको पार्कमा सरसफाई कार्यक्रमको आयोजना पनि गर्दै आईरहेको जानकारी दिए ।

अब उक्तपार्कमा साँझ र बिहान व्यायाम गर्न आउँने स्थानियहरुलाई सहज हुने उनले बताए । स्थानीय ईको पार्कलाई सफा र सुन्दर बनाउने उद्देश्यले र अग्लो होचो ठाउँ भएका कारणले खेल्न हिडडुल गर्न समस्या भएको जानकारी पश्चात आफू प्रत्यक्ष फिल्डमा खटेर काम गराएको नगर उपप्रमुख लेखकको भनाई रहेको छ ।

सम्बन्धित

Comments are closed.