महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान सरकारले सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानले व्यवस्थाविरोधी समूहले षड्यन्त्र गरिरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमबाट अत्तालिएर व्यवस्थाविरोधी समूहले षड्यन्त्र गरिरहेको बताएका हुन् ।
बिहीबार प्रेस सेन्टर नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले सरकार र व्यवस्थाविरुद्ध विभिन्न षड्यन्त्र भइरहेको बताए । ‘वर्तमान सरकार सबै षड्यन्त्र चिरेर अघि बढ्छ,’ महासचिव गुरुङले भने, ‘अहिले सरकारविरुद्ध भइरहेका गतिविधि व्यवस्थाविरोधी छन्, तर पश्चगमनको कुनै सम्भावना छैन ।’
घोर पश्चगमन नारा दिएर केही विखण्डनकारी समूह सक्रिय भइरहेको बताउँदै उनले धर्मलाई अघि सारेर मुद्दा उठान गर्दै आएको बताए । ‘मुलुक अग्रगमन दिशातर्फ उन्मुख भइरहेको छ,’ महासचिव गुरुङले भने, ‘केही विखण्डनकारी तत्वहरू राष्ट्रियताविरुद्ध लागेका छन् ।’ उनले गठबन्धनमा कुनै चुनौती नभएको दाबी गर्दै मुलुकको समृद्धिका लागि कम्युनिस्ट दल मात्रै नभई गैरकम्युनिस्ट पाटीसँगको सहकार्य आवश्यक रहेको बताए ।
समाजवादी मोर्चामा आधारभूत विषयमा एकमत भएको बताउँदै उनले पार्टी एकतामा सबै कम्युनिस्ट दलबीच एकता आवश्यक रहेको औँल्याए । महासचिव गुरुङले एनसेल प्रकरणमा सरकारले छानबिन गरिरहेको बताउँदै नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेता कार्यकर्ता पक्राउ प्रकरणको विषय राजनीतिक सहमतीय आधारमा टुंग्याउनुपर्नेमा जोड दिए ।
समाजवादी मोर्चामा आधारभूत विषयमा एकमत भएको बताउँदै उनले पाटी एकतामा सबै कम्युनिष्ट दलविच एकता आवश्यक रहेको औल्याए । महासचिव गुरुङ्गले एनसेल प्रकरणमा सरकारले छानबिन गरिरहेको बताउँदै नेकपा महासचिव नेत्र विक्रम चन्द(विप्लव) सहितका नेता कार्यकर्ता पक्राउ प्रकरणको विषय राजनीतिक सहमतीय आधारमा टुङग्याउनुपर्ने बताए । महासचिव गुरुङ्गले माओवादीको विकल्प नभएको बताउँदै पाटी जनतासम्म पुगिररहेको बताए ।
Comments are closed.