कञ्चनपुरमा पार्टी महासचिव विप्लवसहितका नेता बिरुद्ध पक्राउ पुर्जीको बिरोधमा प्रर्दशन

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपा कञ्चनपुरले जिल्लामा बिरोध प्रर्दशन गरेको छ । नेकपा कञ्चनपुरले भीमदत्त नगरपालिका बजारमा बिरोध प्रर्दशन गरेको हो । बिहीबार नेकपा विप्लव कञ्चनपुरले पाटी महासचिव नेत्र विक्रम चन्द विप्लव सहितका शिर्ष नेताको नाममा पक्राउ पुर्जी जारी गरेको बिरोधमा प्रर्दशन गरेको छ ।

नेकपा विप्लव कञ्चनपुरका सचिव प्रकास जप्र्रेलले काठमाण्डौँ जिल्ला अदालतद्वारा पाटी महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेताका नाममा पक्राउ पुर्जी जारी गरिएको बिरोधमा प्रर्दशन गरिएको बताए ।

कञ्चनपुरमा नेकपा विप्लवका नेता कार्यकर्ताहरुले पक्राउ पुर्जी खारेजीदेखि तीन बुँदे सहमती खारेजी गर्नुपर्ने माग अघि सारेको छ । सहिद भीमदत्त पन्तको सालिक तोडफोड गर्नेमाथि कार्बाहीको माग अघि सारेका छन ।

सम्बन्धित

Comments are closed.