कञ्चनपुरमा करिब ४५ हजार रुपैँया बराबरको अवैध माछा बरामद

महेन्द्रनगर । कञ्चनपुरमा भारतबाट ल्याएइएको अवैध माछा बरामद गरिएको छ। बिहिवार ईलाका प्रहरी कार्यालय बाट खटिएको टोलिले बेलौरी नगरपालिका– ५ रामनगरमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल ल्याउँदै गरेको करिब ४५ हजार रुपैँया बराबरको १५० केजी माछा बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

बरामद गरेका माछा पशु क्वारेन्टाईन चेक पोष्ट बेलौरी, बेलौरी उद्योग बाणिज्य संघका प्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएकोे छ।

सम्बन्धित

Comments are closed.