महेन्द्रनगर । कञ्चनपुरमा राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) ले गरेको सहयोगले स्थानिय किसानहरु आत्मनिर्भर बन्दै गएका छन् । जिल्लाको बिभिन्न पालिकामा रहेका दलित, पिछडिएका समुदायहरुलाई संस्थाले बिभिन्न कृषी सम्बन्धी सामग्रीहरु सहयोग गरेपछि उनिहरु आत्म निर्भर हुँदै गएका हुन् ।

निड्स नेपालले शुक्रवार भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक, जिल्ला प्रशासन कार्यालयका सहयाक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, पत्रकार जनप्रतिनिधी लगायतालाई आफनो परियोजनाको अनुगमन गराएको छ । संस्थाले बाख्रा पालन, मह उत्पादन, तरकारी खेती माछा पालन लगायतको तालिम दिएपछि व्यवसायीक रुपमा काम गर्ने किसानहरुलाई बाख्रा मौरीका घार, माछा लगायत सहयोग गरेको छ ।
निड्स नेपाल र अक्सफामको संयुक्त साझेदारीमा संचालित विपद पूर्व तयारी द्रुत प्रतिकार्य पुर्नलाभका लागी समुदायको सवलिकरण परियोजना (स्कोप आर थ्री) अन्तरगत जिल्लाको भीमदत्त नगरपालिका १६, बेलडाँडी गाउँपालिका ८ र दोधारा चाँदनी नगरपालिका १० समुदायमा काम भईरहेको छ , भने डडेल्धुराको परशुराम नगरपापालिकामा ६ वटा समुदायमा पनि यो परियोजनाले काम गरिरहेको छ ।

भीमदत्त नगरपालिका ९ खल्ला मुसेट्टीका बाख्रा पालक किसान हरिसिंह साउदले आफुलाई निड्सले २ वटा बाख्रा दिएको र अहिले उक्त २ बाख्राबाट ११ वटा बाख्रा बनाएर मनग्य आम्दानी पनि गरेको बताए । आज भन्दा ४ वर्ष पहिला पाएको २ बाख्राबाट उनले ११ बाख्रा बनाएपछि बाख्रा बेचेर अहिले ४० हजार भन्दा बढी कमाई गरेको बताए । बाख्रा खरिद गर्न आफुले बाहिर जान नपर्ने व्यापारीहरु आफै घरमा पुगेर बाख्रा खरिद गरेर लैजाने गरेको बताए ।
उनले बाख्रा बेचेको पैसाले आफना छोरा छोरीलाई पढाउन आफनो खर्च र केही रकम जम्मा गरेको बताए । पउनले फेरी पनि बाख्रा पाल्ने ईच्छा रहेको र फेरी पनि संस्थाले सहयोग गय्रो भने काम गनर्जे ईच्छा व्यक्त गरे, यस्तै सोही ठाँउका मौरी पालक किसान एवम भीमकुण्ड सामुदायिक विपद व्यवस्थापन समितीको संयोजक धनबहादुर खडकाले आफुलाई निड्स संस्थाले ६ वटा मौरी घार उपलब्ध गरेको र मह बेचेर आम्दानी गरिरहेको बताए । अहिले बजारमा महकोमाग बढीरहेको भएपनि आफुले बजारको माग पुरा गर्न नसकेको बताए ।

आफुसंग प्रयाप्त मात्रामा घार नभउकोर फुलहरुको पनि अभावले गर्दा मह उत्पादन कम भएको बताए । साथै संस्थाले फुल खेतीमा पनि सहयोग गरेको र अबका वर्षमा मह उत्पादन बढन सक्ने उनले बताए । यस्तै भीमदत्त नगरपालिका १३ सुनापुर टोलकी अनिता सुनारलाई संस्थाले ड्रागन फ्रुट खेती गर्न ६ लाख रुपैँया लगानी गरेको छ । ड्रागन फ्रुटका लागी चाहिने पिल्लर, १ हजार ५ सय ड्रागन फ्रुटका विरुवाहरु अन्य सामग्रीहरु पनि संस्थाले सहयोग गरेको ड्रागन फ्रुट किसान सुनारले बताईन् ।
अहिले घरमा रहेका सबैले यसैमा मिहिनेत गरेका छौ, संस्थाले गर्दा आफुहरुलाई सहयोग भएको र आम्दानी पनि हुने विस्वास लिएको उनले बताईन् । समुदाय स्तरिय विपद व्यवस्थापन समिती गठन गर्ने, क्षमता विकास गर्ने जिविकोपार्जन गर्ने गरी केही योजना बनाएर उनिहरुलाई आवस्यक्ता अनुरुप सामग्रीहरु वितरण गरिएको परियोजना संयोजक ईश्वर उपाध्यायले जानकारी दिएका छन् ।
किसानहरुलाई उनिहरुको आवस्यक्ता अनुसार नै माछा पाल्नेलाई माछा, बाख्रा पालन गर्नेलाई बाख्रा मह उत्पादन गर्नेलाई बिभिन्न सामग्रीहरु सुधारिएको बाख्रको को गोठ, साथै घर बनाउन चाहिने ब्लक निर्माण गर्नेलाई पनि सामानहरु उपलब्ध गराईएको बताए । विषेस गरेर विपदले बढी असर गर्ने क्षेत्रमा परियोजना लागु भएको हुँदा उनिहरुलाई कसरी जिविकोपार्जन संग जोडिन सकिन्छ र विपद आएको बेलामा आफुले गरेको आम्दानी चाहिन्छ सहयोग मिल्छ भनेर विपदको सामना गर्न सक्ने र आफरलाई चाहिने सामन खरिद गर्न सक्छ भनेर किसानहरुलाई यो परियोजनाले सहयोग गरेको बताए ।
भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले यो परियोजनाले दुरदराज पिछडिएका समुदाय दलित महिलाहरुलाई समेटेर गरेको कार्य सकारात्मक रहेको बताईन् । साथै पालिकाले अबका दिनमा ती समुदाय र समुहका लागी पनि समन्वय गरेर उनिहरुको आवस्यत्तःालाई बुझेर काम गर्ने बताईन् । साथै अन्य किसानहरु महिलाहरु बिभिन्न समुहमा आवद्ध भएकालाई पनि यो परियोजना जस्तै गरी आफुले पनि पालिकाबाट बजेट छुटयाएर काम गर्ने बताईन् ।
Comments are closed.