महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले संस्थाले संचालन गरेको परियोजनाको अनुगमन तथा निरिक्षण गरेकी छन् । शुक्रवार कञ्चनपुरमा राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) ले संचालन गरेको विपद पूर्व तयारी द्रुत प्रतिकार्य पुर्नलाभका लागी समुदायको सवलिकरण परियोजना (स्कोप आर थ्री) को संयुक्त रुपमा अनुगमन गरेकी हुन् ।
निड्स नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिकाको वडा नम्वर ९ खल्ला मुसट्टी र वडा नम्वर १३ मा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक, जिल्ला प्रशासन कार्यालयका सहयाक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, पत्रकार जनप्रतिनिधी लगायतालाई आफनो परियोजनाको अनुगमन गराएको छ । उपप्रमुख लेखकले संस्थाले गरेको गरेको सहयोगले स्थानिय किसानहरु आत्मनिर्भर बन्दै गएको बताएकी छन् ।
अनुगमनका क्रममा संस्थाले कृषकहरुलाई बाख्रा,मह उत्पादन गर्नका लागी मौरी घार, ड्रागन फ्रुट उत्पादनका लागी चाहिने आवस्यक सामग्रीहरु प्रदान गरेको पाईएको र त्यसैबाट उनिहरुले आम्दनाी गरेर मनग्य आम्दानी गरेको उनले बताईन् । निड्स नेपालले संस्थाले बाख्रा पालन, मह उत्पादन, तरकारी खेती माछा पालन लगायतको तालिम दिएपछि व्यवसायीक रुपमा काम गर्ने किसानहरुलाई बाख्रा मौरीका घार, माछा लगायत सहयोग पाईएका ेउनले बताईन् ।
आफुलाई भीमदत्त नगरपालिका ९ खल्ला मुसेट्टीका बाख्रा पालक किसान हरिसिंह साउदले गरेको बाख्रा पालन राम्रो गरेको बताईन् । उनले २ बाख्राबाट ११ बाख्रा बनाएर ४० हजार भन्दा बढी आम्दानी गरेको र त्यस्ता किसानलाई पालिकाले पनि सहयोग गर्ने उपप्रमुख लेखकले बताईन् । संस्थाले समुदाय स्तरिय विपद व्यवस्थापन समिती गठन गरेर उनिहरुको क्षमता विकास गर्ने जिविकोपार्जन गर्ने गरी केही योजना बनाएर उनिहरुलाई आवस्यक्ता अनुरुप सामग्रीहरु वितरण गरिएको अनुगमनका क्रममा पाइृएको उनले बताईन् ।
साथै, उनले परियोजनाले दुरदराज पिछडिएका समुदाय दलित महिलाहरुलाई समेटेर गरेको कार्य सकारात्मक रहेको बताईन् । साथै पालिकाले अबका दिनमा ती समुदाय र समुहका लागी पनि समन्वय गरेर उनिहरुको आवस्यत्तःालाई बुझेर काम गर्ने बताईन् । साथै अन्य किसानहरु महिलाहरु बिभिन्न समुहमा आवद्ध भएकालाई पनि यो परियोजना जस्तै गरी आफुले पनि पालिकाबाट बजेट छुटयाएर काम गर्ने बताईन् ।
परियोजना संयोजक ईश्वर उपाध्यायले किसानहरुलाई उनिहरुको आवस्यक्ता अनुसार नै माछा पाल्नेलाई माछा, बाख्रा पालन गर्नेलाई बाख्रा मह उत्पादन गर्नेलाई बिभिन्न सामग्रीहरु सुधारिएको बाख्रको को गोठ, साथै घर बनाउन चाहिने ब्लक निर्माण गर्नेलाई पनि सामानहरु उपलब्ध गराईएको बताए ।
विषेस गरेर विपदले बढी असर गर्ने क्षेत्रमा परियोजना लागु भएको हुँदा उनिहरुलाई कसरी जिविकोपार्जन संग जोडिन सकिन्छ र विपद आएको बेलामा आफुले गरेको आम्दानी चाहिन्छ सहयोग मिल्छ भनेर विपदको सामना गर्न सक्ने र आफरलाई चाहिने सामन खरिद गर्न सक्छ भनेर किसानहरुलाई यो परियोजनाले सहयोग गरेको बताए ।
Comments are closed.