महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ६ मा रहेको श्री भम्केश्वर कृषि सहकारी संस्था लिमिटेडले आफनो १२ औं बार्षिक सधारण सभा शनिवार सम्पन्न गरेको छ । उक्त कार्यक्रमका सभापतिमा संस्थाका अध्यक्ष नरेस बहादुर के.सी रहेका थिए भने, प्रमुख अतिथीमा संस्थापक, तथा निवर्तमान अध्यक्ष टिका राम बोहरा रहेका थिए । साथै संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष देवकी भट्ट जोशीले प्रस्तुत गरेकी थिईन् ।
उक्त कार्यक्रमले असल ऋणी सेयर सदस्य र जेष्ठ शेयर सदस्यहरुलाई सम्मान पत्र, खादा, ढाका टोपी प्रदान गरी सम्मान पनि गरिएको संस्थाका व्यवस्थापक हेमराज पनेरुले जानकारी दिएका छन् । साथै उनले अषाढ मसान्त २०८० को वासलात सो मितीमा समाप्त भएको आमदानी तथा खर्च हिशाव विवरण तथा नगद प्रवाह विवरण र संस्थाले राखेको हिसाव किताव अभिलेख र अन्य कागजातहरु लेखापरिक्षण सम्पन्न गरेको बताए ।
साथै लेखा परिक्षणको सबै मान्य सिद्धान्त प्रचलन सहकारी ऐन नियमावली र लेखामान परिक्षण बोर्डले जारी गरेकानेपाल अडित स्टयाण्र्डर को आधारमा लेखा परिक्षण् कार्य सम्पन्न गरेको बताए । साथै उनले बैँक तथा नगद मौज्दात र अन्य सम्पत्ती व्यवस्थापनले प्रमाणित गरे बमोजिम रहेको बताए । र गत वर्षका आँकडाहरुलाई आवस्यक्ता अनुसार मिलान गरिएको बताए ।
साथै संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा कोषाध्यक्ष देवकी भटट जोशीले २०८० अषाढ सम्म २ करोड ५३ लाख ८३ हजार १ सय ७७ यस वर्षको रकम रहेको जानकारी दिईन् । आर्थिक वर्ष २०७९ र ८० मा व्याज आम्दानी २३ लाख ५ हजार ५ सय ५६ रहेको व्याज खर्चमा १ लाख ५४ हजार ९ सया ४४ र खुद व्याज आम्दानी खर्चमा २ लाख १५ हजार ६ सय ११ रहको बताईन् ।
साथै उक्त सभामा संचालन समितीले २०७९ मंसिर देखि २०८० कार्तिक सम्म गरेका निर्णय र प्रस्तावलाई पारित पनि गरेको छ । अहिले उक्त सहकारि संस्थामा २ सय ५७ जना शेयरकर्ता रहेका छन् ।
Comments are closed.