महेन्द्रनगर । हाल अमेरिकामा रहेका ब्याटमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिनेश धामीले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको समाजकल्याण बाल अञ्चल अनाथालयका बस्दै आएमा अनाथ बालबालिकाहरुलाई ट्रयाक सुट वितरण गरेका छन् । भीमदत्त नगरपालिका ६ ऐठपुरका स्थानीय समेत रहेका धामीले आमाको स्मृतिमा अनाथ बालबालिकाहरुलाई प्रति एक जोरका दरले ट्रयाक सुट वितरण गरेका छन ।
उनले बाबु हरक सिह धामी र दाजु दुर्गोश धामी मार्फत आमा झुपादेवी धामीको स्मृतिमा अनाथ बालबालिकालाई जर्सी वितरण गरेका छन् । शनिबार एक कार्यक्रमका विच अनाथ बालबालिकाहरुलाई जर्सी वितरण गरेका हुन् । दिपेशका बाबु हरक सिह धामीले समाजिक कार्य गर्ने उदेश्यका साथ छोरा दिपेशकै योजनामा अनाथ बालबालिकालाई कपडा वितरण गरेको बताए ।
उनले हरेक बर्ष समाजिक काम गर्दै आएको बताए । कार्यक्रममा भलिबल संघका पदाधिकारी एव अनाथालयका पदाधिकारीले धामी परिवारप्रति आभार प्रकट गरेका छन् । भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश भट्टले आफु विदेशमा भएपनि दिपेशले मामृतभूमिका रहेका अनाथ बालबालिकाहरुलाई सरानिय काम गरेको बताए । साथै बालबालिकालहरुलाई हामी आयो भने आफनो पनि कोही छ हामी एक्लै छैनौ भन्ने आभाष हुने भएकाले सबैले यो महाकाली आनाथालयमा रहेका बालबालिकाहरुलाई सहयोग गर्नुपर्ने बताए ।
साथै उनले आफनो जन्मदिन, अन्य काजबारका दिनमा पनि यही आएर सहयोग गर्नु उचित हुने बताए । सुदूरपश्चिम प्रदेश खेलकुद समितिका सदस्य सचिव दिपक सिहले ब्याडमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिपेश धामीले गरेको कामप्रति आभार प्रकट गर्दै, भावि दिनमा खेलकुदको बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
समाजकल्याण बाल अञ्चल अनाथालयका उपाध्यक्ष हिरा चन्दले यसरी नै दाताहरुको चलिरहेको बताए । उनले स्थानीय सरकारबाट सहयोग नपाईएको दुखेपो पोखेका छन । कार्यक्रममा खेलाडी, अनाथालयका पदाधिकारी, समाजसेवी सहितको सहभागिता रहेको थियो ।