महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस २०२३ र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा समिक्षा बैठक सम्पन्न भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाको कार्यालय महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा, स्वीट नेपाल र निड्स नेपालको सहकार्यमा ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस २०२३ तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा समिक्षा बैठक सम्पन्न भएको हो ।
कञ्चनपुरको बेदकोट नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत पदम राज भट्टको सभाध्यामा भएको समिक्षा कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख भोज राज वोहरा रहेका थिए । सो कार्यक्रममा बेदकोट नगरपालिकाका वडा अध्यक्ष , सदस्य,पालिका सदस्य समाज सेवी, लगायतका सहभागीहरुको उपस्थिति रहेको थियो ।
बेदकोट नगरपालिकाको कार्यालय महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुखले बेदकोट नगरपालिकाको १० वडामा गरिएको ,लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षाको वारेमा जानकारी गराएकी थिइन । स्वीट नेपालको अध्यक्ष अमिर तिरुवाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको प्रभावले बेदकोट नगरपालिकाका विभिन्न समुदायका नागरिकहरु सचेत हुदैं गैरहेको बताएका छन् ।
अधिकारको साथै आफ्नो कर्तव्य र सकारात्मक सोचका साथ अगाडी बढेमा घर परिवार, समाज परिवर्तन हुने प्रमुख अतिथि तथा कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख भोज राज वोहराले बताएका छन् ।