महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको विकट मानिने वडा नम्वर ९ खल्लामछेट्टी का महिलाहरु अहिले आत्मनिर्भर भएका छन् । राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) ले महिला समुह निर्माण गरेर उनिहरुलाई बिभिन्न सिप मुलक तालिम, कृषी सामग्री सहयोगका साथै व्यापार व्यवसायमा सहयोग गरेपछि आम्दानीको स्रोत पनि बढको छ ।
आईतवार संस्थाले जिल्ला समन्वय समिति उपप्रमुख राम कुमारी राना, भीमदत्त नगरका उपप्रमुख निलम लेखक, भीनपा ९ का वडाध्यक्ष गगन नाथ, निड्स नेपालका अध्यक्ष दुर्गा खरेल, निर्वतमान अध्यक्ष अञ्जु भट्ट, पुर्व अध्यक्ष बिमला शाह, कृषि प्राविधिक जनक बहादुर सिह सहित निड्स नेपालका कर्मचारी, संचारकर्मी सहितले स्थलगत अनुगमन गरेका थिए ।
निड्स नेपालद्वारा आप्रवासी परिवारका लागि आर्थिक उत्थानशिल परियोजना मार्फत ग्रामिण भेगका महिलाहरुले व्यवसाय गर्नका लागि सहयोग पाएपछि उनीहरु विभिन्न व्यवसाय गरिरहेका छन् । शुरुमा बोल्न पनि डर मान्ने गरेका महिलाहरु अहिले आफै व्यवसाय गर्ने समुदायमा आफना हक अधिकारका लागी बोल्न सक्ने भएको स्थानिय महिला एवम उन्नती महिला सशक्तिकरण समुहका सदस्य देवकी ओडले बताईन् ।
संस्थाले दिएको वित्तिय साक्षरता सम्बन्धी कक्षामा आमदान कसरी बढाउने ? बचत केका लागी गर्ने ? आफनो सीपको पहिचान कसरी गर्ने ? लगायतमा जानकारी दिएपछि आफुहरुलाई सहजता भएको उनले बताईन् । उनले उद्यमी बन्नका लागी आफै बाट सुरुवात गर्नुपर्ने र अरुको ईच्छा चाहानाले गरियो भने असफल भईने जानकारी आफुले समुहमा गएर थाहा पाएको बताईन् ।
आफुले समुहमा गएर संस्थाले दिउको कक्षाबाट आम्दानी आयो भने पहिला बचत गर्ने, काँकी रकमलाई खर्च गर्न पनि व्यवस्थीत तवरले गर्ने कुरा सिकेको बताईन् । साथै उनले, परिवारका सबै सदस्यहरुले नियमित आम्दानी हुने काम ज्याला मजदुरी तथा साना तथा घरेलु व्यवसायमा लगानी गरे आफनो व्यवसाय बढाउन सकिने जानकारी पाएको बताईन् ।
भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीकी स्थानीय महिला गंगा डोबालले तरकारी खेती गरेकी छिन् । उनले तीन बर्षदेखि तरकारी खेती गरिरहेको बताईन् । संस्थाले दिएको ७ दिने तरकारी खेतीको तालिम बाट सिकेको सिपले अहिले उनले आफनो खेतमा प्लाष्टिकको टनेल हालेर तरकारी फलाउने योजना रहेको बताईन् । उनलाई संस्थाले प्लाष्टिकको टनेल, तरकारीका विउ औषधी लगायत ८४ हजार बराबरको सहयोग गरेको बताईन ।
उनले अब काक्रा, तिते करेला लगाएर कृषि व्यवसाय गर्न सीप पाएपछि व्यवहारिक रुपमा तरकारी खेती गर्ने बताईन् । गंगाले उत्पादन गरेको तरकारी स्थानीय एव महेन्द्रनगर बजारसम्मै पु¥याउने गरेकी छिन । उनले सिँचाई र ढुवानीमा समस्या भईरहेको बताईन । खल्लामछेट्टीकी मैना जाग्री र जमुनाघाडीकी चिमा रानाले किराना पसल थापेर व्यवसाय गरिरहेका छन् ।
खल्लामछेट्टीकी मैना जाग्रीले निड्स नेपालबाट पसल थाप्नका लागि ¥याक, टिण समाग्री र व्यवसायिक तालिम पाएपछि किसाना पसल थालेको बताईन । ‘उनले निकट भविस्यमा नास्ताको पसल खोलेर आम्दनाी गर्ने बताईन् । खल्लामछेट्टीकी दिपा सार्की र ब्रम्हटोलकी गोमती सार्कीले समेत व्यवसायीक पालन गरेका छन । उनीहरु दुवै जनालाई निड्स नेपालबाट उन्नत जातका ७÷७ बाख्रा दिएपछि व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका हुन ।
खल्लामछेट्टीकी दिपा सार्कीले ७ बाट १३ र ब्रम्हटोलकी गोमती सार्कीले पनि ७ बाट १२ बाख्रा पालिरहेकी छिन् । खल्लामछेट्टीकी दिपा सार्कीले विगतमा घरमै एक दुई बाख्रा पालन गरेपनि अहिले दर्जनौँ बाख्रा पालिरहेको बताईन । उनले तालिम र बाख्रा पाएपछि बाख्रा पालन व्यवसाय गरिहेको बताईन । ‘बाख्राबाट अन्नबालीका लागि प्राङगारिक मल पनि हुन्छ, ‘उनले भनिन, ‘बेच्दा पनि राम्रो आम्दानी हुन्छ, घरखर्च चल्छ ।’
आप्रवासी परिवारका लागि आर्थिक उत्थानशिल परियोजना संयोजक अनिला चौधरीले आर्थिक रुपमा विपन्न दलित सहितका विपन्न परिवारका महिलाहरुलाई समुहमा आबद्ध गराएर उनीहरुको चाहना अनुरुप व्यवसाय सचालन गर्न सहयोग गरेको बताईन । संयोजक चौधरीले महिलामा आबद्ध महिलाहरुलाई व्यवसायिक तालिम प्रदान गरिनुका साथै व्यवसाय संचालन गर्नका लागि भौतिक सहयोग गरेको बताईन ।
‘संस्थाबाट तालिम र व्यवसायिक सहयोग गरेपछि उनीहरुले व्यक्तिगत रुपमा विभिन्न व्यवसाय गरिरहेका छन, ‘उनले भने, ‘हाम्रो लक्ष्य महिलाको आर्थिक सक्षमता र अधिकारलाई सृदृढि गर्ने हो, त्यसतर्फ महिला शसक्त भईरहेका छन ।’ उक्त परियोजना अन्र्तरगत संचालित भएका योजना एव उन्नती, बैजनाथ, हिमाल, लालिगुराँस महिला शसक्तिकरण केन्द्रको समेत अनुगमन गरिएको छ ।
Comments are closed.