महेन्द्रनगर । कञ्चनपुरमा राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) ले सरोकारवाला निकाय संग परियोजनाको प्रगती प्रतिवेदन माथी छलफल कार्यक्रम सम्पन्न गरेको छ । सोमवार आफनो परियोजना आप्रवासी परिवारका लागी आर्थिक उत्थानशिलता परियोजनाको एक वर्षमा गरिएका गतिविधीमा बिभिन्न सरोकारवाला निकायसंग छलफल गरेको हो ।
आईतवार जिल्ला समन्वय समिति उपप्रमुख राम कुमारी राना, भीमदत्त नगरका उपप्रमुख निलम लेखक, भीनपा ९ का वडाध्यक्ष गगन नाथ, निड्स नेपालका अध्यक्ष दुर्गा खरेल, निर्वतमान अध्यक्ष अञ्जु भट्ट, पुर्व अध्यक्ष बिमला शाह, कृषि प्राविधिक जनक बहादुर सिह सहित निड्स नेपालका कर्मचारी, संचारकर्मी सहितले भीमदत्त नगरपालिका ९ मा परियोजना भएको क्षेत्रमा स्थलगत अनुगमन गरेका थिए ।
सोही परियोजनामा भएका क्रियाकलापहरुको अनुगमन पश्चात देखिएका चुनौती, सुधार गर्नुपनृे पक्ष, आगामी परियोजनाका लगी आवस्यक सुझाव सल्लाहका बारेमा छलफल भएको परियोजना संयोजक अनिला चौधरीले जानकारी दिईन् । उक्त छलफल कार्यक्रममा आफनो भनायृ राख्दै भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले पालिकाको विकट क्षेत्र मानिने खल्ला मछ्छेटीमा परियोजना लागु भएको प्रती धन्यवाद व्यक्त गरिन साथै उनले अनुगमनका क्रममा दलित महिलाहरु, पछाडी पारीएका समुदायहरुलाई समेटेर काम गरिएको बताईन् ।
लक्षित वर्गलाई विभिन्न आयआर्जन मुलक कार्यमा जोडेर आम्दानी बढाएको र उनिहरुलाई गरिएको कृषी सामग्री, बाख्रा वितरणले पनि उनिहरुको आर्थिक उन्नती हुने बताईन् । साथै आगामी दिनहरुमा ति पछाडी पारिएका समुदाय दलित महिलाहरुलायृ पालिकाले गर्नुपर्ने सहयोग तालिमका लागी आफुले पहल गर्ने बताईन् । जिल्ला समन्वय समिती उपप्रमुख रामकुमारी रानाले परियोजनाको साक्षरता कक्षाबाट महिलाहरुले आफनो हक अधिकारका लागी आवाज उठाउने भएको बताईन् ।
साथै समुहमा महिलाहरुको उल्लेखिय सहभागिता रहेको र महिलाहरुले नै परिवारको सम्पुर्ण जिम्मेवारी लिएर अगाढी बढेको बताईन् । कृषी ज्ञान केन्द्रका कृषी प्राविधिक जनकराज सिंहले तरकारी खेती गरिरहेका समुहका महिलाहरुलाई चाहिने प्राविधीक सहयोग गर्न तयार रहेको बताए । साथै संस्थाले पनि सरकारी निकाय संग समन्वय गरेर बाख्रका लागी तरकारी खेतकिा लगी पनि तालिमहरु संचालनगर्न सकिने बताए ।
पशु सेवा केन्द्रका पशु विज्ञ चन्द्रकान्त पन्तले बाख्राहरुलाई निशुल्क पिपिआर भ्याक्सिन लगाउने र २ जना महिलाहरुलाई क्षेत्रिय स्तरको १ हप्ते बाख्रा पालनको तालिम पनि दिन सक्ने बताए । साथै सहभागीहरुले बाख्रा पालनका लागी घाँसको अभाव रहेको बताएका थिए ।