महेन्द्रनगर । युवा समाजसेवी बिनय प्रकाश मल्लले डडेल्धुराको अजमेरु गाउँपालिका २ हाटमा रहेको श्री समैजी प्राथमिक विद्यालयमा विद्यार्थीहरुलाई विद्यालय पोषाक सहयोग गरेका छन् । बिवद्यालयमा रहेको अति विपन्न गरिव दलित पोषाक नभएका विद्यार्थीहरुलाई सहयोग गरेका हुन् ।
उक्त विद्यालयमा रहेको अति विपन्न ६४ जना बिधार्थीहरुलाई व्यक्तिगत तर्फबाट रु ७१ हजार ४ सय बराबरको विद्यालय पोषाक सहयोग गरेका हुन् । आफनो छोराछोरीहरुलाई पोषाक सहयोग गरेको प्रती अभिभावकहरुले मल्ललाई धन्यवाद व्यक्त गरेका छन् । गणेश शार्कीले आफना छोराछारीहरु विद्यालय पोषाकका लगी समस्या मा रहेको बताउँदै अब समाजसेवी मल्लले सहयोग गरेपछि चिशोमा लुगा लगाएर नियमित विद्यालय जाने बताए ।
साथै उनले यसरी नै जिल्लामा रहेका सबै पिडितलाई सहयोग गर्न आग्रह गरे, आफुहरुले धेरै पटक बिभिन्न क्षेत्रमा आग्र गर्दा पनि सहयोग नपाए पछि आफनो समस्याको जानकारी दिएपछि एकै पटक समाजसेवी मल्लले सहयोग गरेको विद्यालएका प्रधानाध्यापक मन्दिरा कुवँर विष्टले बताईन् । आफनो विद्यालयमा विपन्न, गरिव दलितहरु ब्ढी भएकाले आर्थिकरुपमा पनि विपन्नहरुले आफना बच्चालाई विद्यालय पोषाक खरिद गर्ने अवस्था नभएहरुले विद्यालय पोषाक पाएपछि खुसी भएको उनले बताईन् ।
साथै समाजसेवी मल्लले त्यो हात सधै पवित्र हुन्छ ‘‘.जुन प्रार्थना भन्दा धेरै सेवाको लागि उठ्छ भन्दै आगामी दिनमा पनि आफुले आफनो जन्म भुमकिा लगी साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले अहिले डडेल्धुरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटकिय क्षेत्र, मठमन्दिर निर्माण लगायत एकल महिला, बालबालिका, बिरामी उपचार नपाएकालाई सहयोग गरी स्वस्थ बनाउने काम गरेका छन् ।
उनले डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् । जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् ।
सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ । डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन ।