महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरस्थित महाकाली सुगर मिल पुगेका किसानहरु आन्दोलित भएका छ्न् । उखु काटिसकेपछि स्थानीय किसानहरुलाई पर्ची नदिएको भन्दै किसानहरु आन्दोलित भएका हुन् । बिना पर्ची उखु मिलमा ल्याउनेको ट्रली मिलले साइड राख्दा विवाद उतपन्न भएको हो । काटेको उखु खेतमा सुकिरहेको तर मिलले पर्ची दिन ढिलाइ गरिरहेको किसानहरुले बताएका छन् ।
सिमावर्ती क्षेत्रबाट उखु नेपाल भित्रने गरेको र स्थानीय किसानहरुलाई पर्ची नदिई व्यापारीहरुलाई पर्ची दिएको उनीहरुको आरोप छ । महाकाली उखु मिलमा अहिले उखु तौल भइरहेको छैन ।
किसान आन्दोलित भएपछि प्रहरी चौकी भुडाबाट प्रहरी खटिएको छ । उखु मिलले आज र भोलि किसानका नाममा पर्ची नकाट्ने जनाएपछि पर्ची बिना उखु लिएका उखु किसानलाई बाहिर लगाइएको थियो ।
मिल बाहिर सयौँ ट्रली हुँदा सडकमा जाम लागेको छ ।
Comments are closed.