महेन्द्रनगर । आयकर ऐन बिपरित कृषिजन्य वस्तुमा लगाएको कर मिनाहाको माग गर्दै सुदुरपश्चिम, कर्णाली र लुम्बिनीका कृषकहरुले काठमाण्डौमा अर्थ मन्त्री, राजस्व विभाग लगायत सरोकारवाला कार्यालयहरुमा ज्ञापनपत्र बुझाएका छन । विगत १८ वर्ष देखि व्यवसायिक केराखेती सुरू गरेका कंचनपुर, कैलालीका केराखेती किसानहरूले केराखेती किसानको अधिकारकालागि २०७० देखि थालिएको स्वदेशी वस्तु उत्पादनमा आत्मनिर्भर अभियान अन्तरगत आज ७ वुदे माग सहित मापदण्ड विपरित निर्वाध रूपमा आयात हुने केरा रोक्ने र स्वदेशी उत्पादन प्रवद्वन गर्ने विषयमा अर्थ मन्त्री प्रकास शरण महत संमक्ष माग पत्र राखेका हुन ।
मागपत्र बुझ्दै मन्त्री महतले किसानहरुका माग सम्बोधन गर्ने प्रतबिद्धता जनाउनु भएको निड्स कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनु भयो । यसै गरि किसानहरूले उत्पादन गरेको कृषिजन्य वस्तुमा आयकर ऐन विपरित कर लगाएको सवालमा हहिजो सुदुरपश्चिम ,कर्णाली र लुम्वीनी प्रदेशका केरा उत्पादक र ड्रागन फुड उत्पादक कृषकहरुले आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतलाई भेटगरि ऐन विपरित लिएको कर फिर्ता गर्ने सवालमा छलफल गरेका छन ।
छलफलका क्रममा आन्तरिक राजश्व विभागका महानिर्देशकले कृषिजन्य व्यवसायको करका दायरालाई स्पष्ट पारी कृषकहरुलाई सहज हुने वातावरण श्रृजना गर्ने बताउनु भएको छ ।यसैगरि कृषकहरुको टेलीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति का सभापति अब्दुल खान र समितिका सचिव रामकुमार पौडेलका तिनिधि सभा संघीय संसद रुपा सों।सी।चौधरी समेतलाई कृषि क्षेत्रका उत्पादन को वर्तमान अवस्था , विदेश बाट आयातित फलफूल जन्य बस्तुमा कर लगाई स्वदेशी उत्पादनलाई वढावा दिनुपर्ने, र कृषक हरुलाई लगानी को वातवरण सुनिस्चित गरिनु पर्ने लगायतका माग राखेका छन ।
यसैगरि आजै कृषकहरुले नेपाल विद्युत प्राधिकरणका महानिर्देशक संग भेट गरि कृषकहरुलाई विद्युत महसुलमा छुट दिने विषयमा पनि छलफल गरेको छ । हाल कृषि मिटरमा सिंचाई मात्र समाबेश गरिएको कृषकहरुले आपत्ति प्रकट गर्दै सबै प्रकारका कृषि व्यवसायमा विद्युत छूट दिनुपर्ने माग गरेका छन । कंचनपुर र कैलालीका केरा उत्पादक संघका कृषकहरुको नेतृत्वमा गएको डेलिगेसन टोलीमा समाजिक अभियन्ता भवराज रेग्मी, टेक बहादुर सिंहका साथै कृषकहरु सुरेन्द्र चौधरी, दिपेन्द्र थारु, हिरा घर्ती मगर, नेप बहादुर चौधरी, टोफलाल विक, युवा तेज चौधरी, टिकेन्द्र धामी लगायत रहेका छन ।