महेन्द्रनगर । राप्रपा कञ्चनपुरले आफनो आम सभा सम्पन्न गरेको छ । बिहिवार कञ्चनपुरको महेन्द्रनगर बजारमा गरेको आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले आफनो भनाई राखेका छन् । आफनो भनाई राख्दै राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङदेनले ०४६ सालयताका राजनीतिक दलका शिर्ष नेता एव उच्च पदस्थ कर्मचारीको सम्पती छानबिन गर्नुपर्ने बताएका छन् ।
बिहीबार राप्रपा कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको आमसभा लाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ०४६ सालयताका राजनीतिक दलका शिर्ष नेता एव उच्च पदस्थ कर्मचारीको सम्पती छानबिन गर्नुपर्ने बताएका हुन । ‘०४६ मुलुकमा भ्रष्टाचार भ्रष्टाचार भएकोछ, शिर्ष नेता र उच्च पदस्थ कर्मचारीले श्रीमती छोराछोरी आफन्तीका नाममा सम्पत्ती राखेका छन, ‘अध्यक्ष लिङदेनले भने, ‘सम्पत्ती अरुबाट नभई मबाटै छानबिन गनुर्पछ, म तयार छु ।’
अध्यक्ष लिङदेनले मुलुक भ्रष्टाचारीले संचालन गरिरहेको भन्दै भ्रष्टाचार अन्त्यका लागि राप्रपाले अभियान संचालन गर्ने बताए । उनले एनसेल खरिदबिक्रि प्रकरणमा समेत अनियमितता भएको भन्दै सरकारले बनाएको छानबिन समितिप्रति शंका व्यक्त गरेका छन । ‘जस जसले एनसेलको कारोबार गरेका छन, उनीहरुका आफन्ती नै छानबिन समितिका संयोजकदेखि सदस्य भएका छन, ‘उनले भने, यस्तो अवस्थामा झन अनियमिता ढाकछोप हुन्छ ।’ अध्यक्ष लिङदेनले मुलुक सुधारका लागि आन्दोलनको विकल्प नभएको बताए ।
उनले राप्रपाले पुषदेखि आन्दोलन गर्ने बताए । वर्तमान सरकार र गणतान्त्रिक दलहरु हिजोकै व्यवस्था र राजालाई गाली गरेर सत्ता र व्यवस्था टिकाउन लागेको बताए । राप्रपा अध्यक्ष लिङदेनले अरु पार्टीको मिसन ०८४ भएपनि राप्रपाको मिसन व्यवस्था परिर्वतन रहेको बताए । राजा महेन्द्रको सालिक पुर्नस्थापनाका ८ दलले छाती फराकिलो गर्नुपर्नेमा जोडदिए । कार्यक्तममा राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अहिलेका राजनीतिक दल प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)का पुच्छर भएको टिप्पणी गरेका छन ।
‘अहिलेका दल प्रचण्डका पुच्चर हुन, जानी जानी नयाँ पुराना पुच्छर भएका छन, ‘उनले भने, ‘नयाँ पुराना दलल तिनका नेताहरुले घर घरमा प्रचण्डको फोटो टाँस्नुपर्छ ।’ रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गरेर नयाँ दल र पुराना दल प्रचण्डकै ईसारामा चलिरहेको बताए । मिश्रले महेन्द्रनगरको जग बसाल्न राजा महेन्द्रको सालिक पुर्नस्थापना कार्यक्तममा ८ दलको बिरोध हास्यास्पद भएको बताए । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफुहरुको लडाई भ्रष्टाचारसंगको बताए ।
उनले ०८४ मा मिसन चुनाई होईन व्यवस्था परिर्वतन गर्ने आन्दोलन गर्नुपर्नेमा जोडदिए । ‘प्रदेश संरचना खारेजी गर्नुपर्छ, सम्वैधानिक राजतन्त्र पुर्नस्थापना गर्नुपर्छ, ‘उनले भने, ‘त्यसपछि सबै बेथिति, समस्या समाधान हुन्छन ।’ उनले अहिलेको जस्तो सुकै अवस्थामा पनि राजा महेन्द्रको सालिक राखिने बताएका छन् । साथै उनले भ्रष्टाचार बेतीथी का विरुद्धमा आन्दोलनमा रहेको बताए ।
उनले निर्मला पन्तका बलात्करीिलाई फासीको सजाय हुनु पर्ने बताए । साथै अहिले सिमानाकाबाट भारतमा जाने कामदारहरुको लाईन रहेको र त्रिभुवन विमान स्थलमा विदेश जाने युवाहरु को लाईन रहेको अवस्थाको सिर्जना गर्ने अहिलेको सरकार रहेको बताए । उनले चुनावका लागी चुनाव नभएर देशका लागी चुनाव हुनुपर्ने बताए । उनले अहिलेको ८ दल आफुहरु संग डराएर नै निषेधाज्ञा जारी गरेको बताए ।
यता, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नी श्रीमती महेन्द्रनगरकी नातिनी भएको बताएका छन् । महेन्द्रनगरमा आयोजित आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘तपाईँहरु धेरैलाई थाहा छैन होला, मेरी श्रीमती चाहीँ महेन्द्रनगरकी नातिनी हन’, उनले भने । मिश्रले सासू पनि महेन्द्रनगरकै भएकाले आफ्नो महेन्द्रनगरसँग विशेष साइनो रहेको बताए ।
आमसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित रवीन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेता कञ्चनपुर आएका छन् ।