भीनपा ३ मा रहेका अपाङगता भएकाहरुलाई न्यानो कपडा वितरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ मा रहेका अपाङगता भएकाहरुलाई न्यानो कपडाहरु वितरण गरिएको छ । भीमदत्त ननगरपालिका ३ तिलकपुरको वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै वडामा रहेका २५ जना भन्दा बढी क र ख वर्गको अपाङगता परिचयपत्र पाएका अपाङगता भएकाहरुलाई न्यानो कम्बल र तन्नाहरु वितरण गरिएको हो । न्यानो कम्बल पाएपछि उनिहरु खुसी भएका छन् ।

आफुहरुलाई यो पहिलो पटक वडाले सहयोग गरेको स्थानिय बलराम धामीले बताए । अहिले समम कसैले पनि स्थानिय सरकारले आफुहरुलार्य सहयोग नगरेको उनले बताए । पहिलो पटक सरकार भएको महसुस गरेको अर्का स्थानिय खेमराज ओझाले बताए । संविधानमा आफना हक अधिकार बजेटहरु हुन्छ भन्ने जानकारी पाएको भएपनि अहिले सम्म नपाएकोमा आज आफुलार्य वडाले गरेको सहयोगले कम्वल पाएकोमा उनले सबैलाई धन्यवाद व्यक्त गरे, यस्तै कार्यक्रमका बिशिष्ट अतिथी एवम अपाङगताका लागी अधिकारकर्मी दिर्घ कुमार स्वारले भीमदत्त नगरपालिकाले पहिलो पटक आफुहरुलाई सरकार भएको अनुभुती गराएको बताए ।

उनले संविधानमा लेखिएको अधिकार आज अपाङगता भएका हरुले पाएको बताए । सरकारले आफना बजेटलाई गोष्ठी सभा सेमिनार गर्नु भन्दा अपाङगता भएकाहरुलाई स्वरोजगार मुलक कार्यक्रम, सिप मुलक तालिम दिएर उनिहरुलाई आत्म निर्भर बनाउनु पर्ने बताए । साथै उनले यो कार्यक्रमबाट अन्य पालिका वडाले पनि सिकनु पर्ने बताए ।

अन्य जिल्लामा अपाङगता भएका हरुलाई राज्य दिएका सेवा सुविधाहरु बिभिन्न सिप मुलक तालिमहरु प्रदान गरिरहेको समाचार सुन्न देख्न पाईन्छ, तर हाम्रो जिल्लामा त्यस्ता कार्यक्रमको अभाव रहेको उनले बताए । साथै उनले यो कार्यक्रमलाई साथ र सहयोग गर्नुहुनेलाई धन्यवाद पनि व्यक्त गरे ।

यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले आफनो कार्यकालमा यो पहिलो पटक कार्यक्रम भएको बताए । उनले यस्तो कार्य गर्ने वडालाई धन्यवाद पनि व्यक्त गरे साथै उनले सकारात्मका कार्यको अरुले पनि सिको गर्नुपर्ने र अपाङगता भएका व्यक्तीहरुलाई पालिकाले बिभिन्न सिप मुलका योजना बनाएर अगाढी बढने बताए । उक्त कार्यक्रमको संचालन वडा सचिव मिन बहादुर बिष्टले गरेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.