कञ्चनपुरमा १ वर्षमा बिभिन्न ३ सय २ घटना प्रहरीमा दर्ता

महेन्द्रनगर । कञ्चनपुरमा १ वर्षमा बिभिन्न ३ सय २ घटना प्रहरीमा दर्ता भएको पाईएको छ । आइतबार ईन्सेक कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि बार्षिक पूर्व समिक्षा कार्यक्रम तथा कञ्चनपुरको मानव अधिकारको अवस्था विषयक सरोकारवाला निकाय सङ्ग छलफलमा उत्तः तथ्याङ प्रस्तुत गठरिएको हो ।

ईन्सेक कञ्चनपुरका संयोजक लिलि कुँवरले पछिल्ला दिनहरुमा जिल्लामा मानव अधिकारका उलङ्घनका घटना नरोकिएको बताएका छ्न । साथै उनले गएको वर्ष भन्दा यो वर्षमा जबरजस्ती करणीका घटनामा कमी भएको पनि जानकारी दिईन् ।

ईन्सेक कञ्चनपुरका संयोजक कुँवरले सार्वजनिक गरेको प्रतिवेदनमा ३ सय २ घटाना अभिलेख गरिएको छ । प्रतिवेदन अनुसार परिवारबाट हत्या १, बलात्कार प्रयास ७, मानव बेचबिखन तथा ओसारपसार २, बलात्कार १८ र घरेलु हिन्साका २सय ७०, कुटपिटका ४, पुरुष हिन्साका ६ घटना घटेका छन ।

कञ्चनपुरका सरोकारवालाहरुले पछिल्ला दिनहरुमा जिल्लामा बढिरहेका घरेलु हिंसादेखिका बलात्कार, हत्या जस्ता घटना रोकथामका लागि सम्बन्धीत निकाय सचेत हुनुपर्नेमा जोडदिएका छन । साथै सहभागीहरुले अन्य केही महिला संग सम्बन्धीत घटनाहरु पनि जिल्लामा घटेको भएर ती घटनालाई पनि अब आउने पुस्तकमा समावेश गर्न सुझाव दिएका थिए ।

सरोकारवाहरुले चिन्ता व्यक्त गर्दै मानव अधिकार संरक्षण, प्रर्बद्धनका कार्यक्तम संचालन गर्नुपर्ने सुझाव दिएका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.