बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु

महेन्द्रनगर । बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल तर्फ जार्दै गरेका दुई ट्याक्टर एक आपसमा ठोकिदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

टयाक्टर दुर्घटना परी मृत्यु हुनेमा बडिमालिका २ जुगाडाका देवराज जोशी, २ कै किर्ती रोकाया वडा नं १ का चन्द दानी र ट्याक्टर चालक हिक्मत रोकाया सहित ४ जना रहेका छन । सु .प.प्र०१००२ त४१०५ र लु.त ७३०५ नम्मरको ट्याक्टर करिब साढे पाँच बजे तिर बडिमालिका नगरपालिकामा पर्ने खडिगाडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सम्बन्धित

Comments are closed.