शुक्लाफाँटा निकुञ्जमा देखिएका समस्या र समाधानका विषयमा सञ्चाकर्मीहरु संग छलफल

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको संख्यामा वृद्धि गर्न र देखिएका समस्या हरुको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा सञ्चारकर्मीहरुसंग छलफल गरिएको छ । सोमवार राष्ट्रिय प्रकृती संरक्षण कोषको हलमा जिल्लामा रहेका सञ्चारकर्मीहरुसंग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराई र राष्ट्रिय प्रकृती संरक्षण कोषका ईन्चार्ज लक्ष्मीराज जोशीले अबका दिनमा कसरी सहज तवरले कार्यहरु गर्न सकिन्छ, निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनलाई कसरी बढाउन सकिन्छ भन्ने लगायतका अन्य विषयहरुमा छलफल भएको हो ।

वरिष्ठ संरक्षण अधिकृत भट्टराईले आफु आएको केही महिना भएको र आफुलाई काम गर्ने दौरानमा निकुञ्जमा हुने गरेका समस्या, राम्रो कार्य, र आगामी दिनमा कसरी सहज तवरले कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा सञ्चारकर्मीहरु संग छलफल गरिएको बताए । उक्त कार्यक्रममा सञ्चारकर्मीहरुले ढक्का शिविरमा रहेका हरु पर्नस्थापना हुन नसकेको, निकुञ्जमा भएका सुचनाको दोहोरो आदान प्रदान हुनुपर्ने, खर खडाईलाई व्यवस्थित गरिनु पर्ने, बिभिन्न समयमा जनप्रतिनिधी, स्थानिय, पत्रकारहरु लगायत संग अन्तक्रिया गरिनु पर्ने,

अन्य क्षेत्रमा बाट पनि निकुञ्जमा प्रवेश गर्नका लागी प्रवेशद्धारको निर्माण गरिनु पर्ने, शुक्लाफाँटा घुम्न आउने पर्यटकहरुले तिर्ने रकममा केही सहुलियतको व्यवस्था गर्नुपर्ने, निकुञ्ज भित्र भईरहेका विकास निर्माण कार्य योजनामा बन्यजन्तु मैत्री पूर्वाधारहरु निर्माण गरिनु पर्ने बताएका थिए । साथै, उद्धार गरिएका जनावरहरुलाई राख्नका लागी चाहिने खोर, र डार्टको व्यवस्था पनि यतै हुनपर्ने, र निकुञ्जमा गस्ती गर्दा आवस्यक पर्ने हात्तीको व्यवस्था पनि हुनपर्ने बताएका थिए । यस्तै, निकुञ्ज भित्र रहेका बिभिन्न तालहरु लोप हुँदे पुरिदै गईरहेको अवस्थामा त्यसको पनि संरक्षण गर्ने योजना आउनु पर्ने बताएका थिए ।

यी विषयमा वरिष्ठ संरक्षण अधिकृत भट्टराईले आफुले बन्यजन्तु संरक्षणका लागी उनिहरुको बासस्थान सुरक्षित व्यवस्थापन गर्ने, पर्यटकसंग कसरी निकुञ्जलाई जोडन सकिन्छ र पर्यटन प्रवद्धन कसरी गर्न सकिन्छ भन्ने कार्यक्रम गरिने र घाँसे मैदान व्यस्थापन गर्ने बताए । साथै वन्यजन्तु र मानव विचको द्धवन्द पनि बढेको पाईएपछि त्यसलाई न्युनिकरण गर्नका लागी मेसवायर तार जाली हाल्ने कार्यक्रम गरिने बताए ।

साथै निकुञ्जमा बन्यजन्तु बढदै गईरहेको र उनिहरुको वासस्थान मासिदै गएका कारणले बन्यजन्तुहरु मानव वस्तीमा गएर नोक्सान गर्ने बिभिन्न दुर्घटना हुने भएकाले यस्को दिगो कार्य योजजना बनएर काम गरिने बताए । साथै उनले नियमित गस्ती गर्नका लागी निकुञ्जमा आवस्यक पर्ने हात्तीको पनि व्यवस्थापनका लागी माथिल्लो निकाय जानकारी भईसकेको र चितवनबाट अबको केही महिनामा थप २ हात्ती आउने बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.