भूकम्प प्रभावितलाई एमाले सुदूरपश्चिम संसदीय दलको गर्‍यो आर्थिक सहयोग

महेन्द्रनगर । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले जाजरकोटमा गएको भूकम्पबाट क्षति पुगेका परिवारहरूको लागि आर्थिक सहयोग गरेको छ ।आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरूको लागि १ लाख ३५ रकम सहयोग गरिएको जानकारी दिएका हुन् ।

‘हामीले यो सानो सहयोग गरेका हौँ’ उनले भने ‘प्रभावितहरूको लागि राज्यले विशेष चासो दिनुपर्छ । ’यहाँका ९ जना सांसद र उनीहरूका स्वकीय सचिवबाट रकम संकलित सोमबार जिल्ला प्रशासन कार्यालयबाट मार्फत भूकम्प प्रभावितलाई पठाइएको हो ।

एमाले संसदीय दलका नेता रावलले प्रदेशसभाका सदस्यबाट १० हजार र स्वकीय सचिवबाट पाँच हजारका दरले रकम संकलन गरेर पीडितलाई हस्तान्तरण गरिएको जानकारी दिए ।कार्तिक १७ गते शुक्रवार ११ः४७ बजे जाजरकोट बारेकोट स्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा १५४ जनाको ज्यान गएको थियो ।

हजारौँ अहिले पनि घरबार विहीन भएका छन् । उनीहरूको पुनर्स्थापनामा सरकारले चासो नदिएको रावलले बताए ।

सम्बन्धित

Comments are closed.