बैजनाथ महिला बहुउद्येश्यीय सहकारीद्धारा अनुदानमा कृषी सामग्री वितरण

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ७ मारहेका कृषकहरुलाई अनुदानमा बिभिन्न कृषी सामग्रीहरु वितरण गरिएको छ । मंगलवार बैजनाथ महिला बहुउद्येश्यि सहकारी संस्था लिमिटेडले आफनो २४ जना शेयर सदस्यहरुलाई हाते ट्रयाक्टर, हाते ठेला, गहुँ, धान राख्ने टिनको ड्रम, विषादी छर्किने टयाङकी लगायतका कृषी सामग्री वितरण गरेको हो ।

वेदकोट नगरपालिकाको सर्शत अनुदान मार्फत पालिकाले ६ लाख २ हजार र कृषकले ५ लाख १ हजार बेहोर्ने गरि उक्त सामग्रीहरु वितरण गरिएको सहकारीका अध्यक्ष मन्जु सिंहले जानकारी दिईन् । गहुँ पकेट क्षेत्रका २४ घरधुरी लाभान्वित हुने गरी २४ हेक्टर क्षेत्रफलमा काम गर्नका लागी उक्त कृषी सामग्रीहरु वितरण गरिएको उनले बताईन् ।

गत वर्षमा पनि पालिका संग समन्वय गरेर बिभिन्न कार्यक्रम गर्दै आएको र यो वर्षमा पनि कृषकहलाई गहूँको विँउ उत्पादन गर्ने र बढी भन्दा बढी उत्पादन गर्न सहज होस भन्ने हेतुले यी सामग्रीहरु वितरण गरिएको सहकारीका व्यवस्थापक निर्मला भट्ट जोशीले बताईन् । स्थानिय कृषक धनादेवी कुँवरले आफुले पहिले देखी खेतमा अरुबाट सापटी ल्याएर भाडामा ल्याएर खेत खनजोत गर्दै आएको र आज हाते टयाक्टर पाएपछि खुशी लागेको बताईन् । अब आफनौ हाते टयाक्टरले जमिन जोत्ने र उत्पादन बढाउने बताईन् ।

साथै उनले पालिका र सहकारीले गरेको सहयोग प्रती उनले धन्यवाद व्यक्त गरिन । कृषकहरुको उत्पादन र उत्पादकत्वमा वृद्धी र लागतमा कमी ल्याउनका लागी कृषी सामग्री वितरण गरिएको वेदकोट नगरपालिकाका कृषी शाखा प्रमुख देवराज बडुले बताए । साथै गहुँ वालीको उत्पादन र उत्पादकत्व वृद्धी गर्न गहुँ विकास कार्यक्रम अन्तर्गथ कृषी विकास मन्त्रालयको गहुँ पकेट कार्यक्रम अन्तरगत रहेर यो सामग्री वितरण भएको उनको भनाई रहेका छ ।

साथै, किसानहरुले परम्परागत शैलीलाई व्यवसायीकरण तर्फ रुपान्तरण गर्न राज्यले लाग्नुपर्ने कृषकहरुलाई क्षमता अभिवृद्धी गरी व्यवसायी तर्फ उन्मुख गराउनुपर्ने, र आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न सके खाद्यन्नमा पहुँच बढाउने कार्यको आवस्यक्ता रहेको बताए । कार्यक्रमका प्रमुख अतीथी एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले कृषकहरुलाई क्षमता अभिवृद्धी गराई उनिहरुको उत्पादन र उत्पादकत्वमा कसरी वृद्धी गर्न सकिन्छ भनेर यो कृषी सामग्री वितरण गरिएको बताईन् ।

गत आर्थिक वर्षमा पनि बिभिन्न सामग्री तालिमहरुमा पनि पालिकाले १२ लाख अनुदान दिएको र यो वर्षमा पनि स्थानिय कृषकहरुको क्षमतावृद्धी गराई उनिहरुलाई कृषी कार्य गर्न सहज होस भनेर महिला मैत्री औजारहरु सामग्रीहरु वितरण गरिएको बताईन् । महिलाहरुले सहजै आफनो काम गर्न सकुन महिलाहरुले पनि आफनो भुमीमा सहज तवरले काम गर्न सक्ने वातावरणको निर्माण गर्न सामग्रीहरुवितरण गरिएको बताईन् ।

साथै उनले आफुले विगतका दिनमा र आगामी दिनहरुमा पनि महिलाहरुको पूर्णरुपमा स्वामित्व हुने गरी महिलाहरुको पक्षमा रहेर बिभिन्न योजनाहरु ल्याउने उनिहरुलाई सिप सिकाएर दक्ष बनाउने लक्ष्य रहेको बताईन् ।

 

सम्बन्धित

Comments are closed.