महेन्द्रनगर । डडेल्धुरामा बुधवार भएको जिप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका अमरगढी नगरपालिका वडा नम्बर ८ का ४० वर्षीय दानबहादुर ओलीको सोही साँझ मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुर्घटनामा घाईते भएका सोही जिपमा सवार नबदुर्गा गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय दिपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। जिप चालक नबदुर्गा गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय दिपकबहादुर बुढाऐरलाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ।
अमरगढी नगरपालिका वडा नम्बर(२ आईतबजारको माथिल्लो मोड स्थित भित्री सडक खण्डमा बगरकोटबाट डडेल्धुरा सदरमुकाम तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ च १८८ नम्बरको जिप सडक नालामा पल्टिएर बुधावार साँझ दुर्घटना भएको थियो। दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Comments are closed.