वेदकोट नगरपालिकामा खानेपानीका लागी बोरीङको शिलन्यास

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खानेपानीका लागी बोरीङको शिलन्यास गरिएको छ । वेदकोट नगरपालिकाको वडा नम्वर ८ गाउजीमा सुडा टाउन खानेपानी अन्तरगत थप नयाँ बोरिङको शिलन्यास गरिएको हो । विगतदेखी एउटा बोरिङबाट स्थानियहरुलाई खानेपानीको आपुर्ती गर्दै आएको सन्दर्भमा अहिले थप अर्काे बोरिङको स्थापना गरी सहजरुपमा स्थानियहरुलाई खानेपानीको व्यवस्था गरिने भएको हो ।

विगतमा बोरिङबाट आउने खानेपानीले सहज रुपमा आपुर्ती गर्न समस्या भएको र अबका दिनमा नयाँ बोरिङबाट खानेपानीको सहज रुपमा व्यवस्थापन हुने सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव जयदेव जोशीले जानकारी दिएका छन् । उक्त कार्यक्रममा खानेपानीका लागी ८ किलोमिटर पाईपलाईन विस्तार, पानी शुद्धिकरणका लागी थप नयाँ प्रविधी जडान पनि गरिने संस्थाका सचिव जोशीले बताए।

उक्त बोरिङ स्थापना गर्न कलावती देवी बोहराले जग्गा दान गरेकी छन् । उनले यो भन्दा पहिला पनि टंकी सहितको बोरिङ स्थापना गर्न आफनो निजी जग्गादान गरेकी थिईन् । संस्थाको लामो प्रयाश र नगरपालिका र संविधान सदस्य तथा सुदूरपश्चिम प्रदेशका माननीय बहादुरसिंह थापा र नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी सावदको विषेस पहलमा सो बोरिङ र थप लाई विस्तारका लागी कार्य हुने उनले बताए ।

उक्त शिलन्यास कार्यक्रमका प्रमुख अतिथी बहादुरसिंह थापाले यस क्षेत्रका विकासका लागी आफनो पहिलो लक्ष्य अनुरुप घारी घाँचका स्थानियहरुलाई कसरी स्वास्थ्य,शिक्षा शुद्ध खानेपानीसंग जोडने उदेश्य अनुरुप आफु सर्दैव लागी पर्ने बताए । साथै आर्थिक रुपमा सबलिकरण गराउनका लागी उनिहरुको समस्याको समाधानका लागी आफु पदमा हुँदा वा नहुँदा सदैव आफनो क्षेत्रका लागी काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

यस्तै, शिलन्यास कार्यक्रमका बिशिष्ट अतिथी एवम वेदकोट नगरपालिकाका नगर उप प्रमुुख तुलीसी जोशीले आफुले यो क्षेत्रका स्थानियहरुको खानेपानीमा भएको दुखको महसुस गर्दै आफनो लगायत आफना अग्रजहरुको समन्वयमा अहिले बोरिङको शिलन्यास गर्न पाउँदा खुसी भएको बताईन् ।

साथै यो क्षेत्रको बिभिन्न समस्यामा आफु पदमा रहेपनि नरहे पनि आफनै समस्या जसरी समाधान गर्ने पालिकाबाट गर्न सक्ने सहयोगका लागी आफुले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताईन् । उक्त शिलान्यास कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, बिभिन्न पाटीका राजनितिज्ञहरु, संस्थाका प्रतिनिधीहरु लगायत उपभोक्ताहरुको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.