महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको ईको पार्क भित्र खाल्डा खुल्डी भएको जमिनलाई समथर बनाईएको छ ।
उपप्रमुख निलम लेखकले आफु अहिले काठमाण्डौमा रहेको भएपनि उक्त पार्कमा दैनिक आन्तरिक एवम बाह्य पर्यटकहरु आउने र समथर जमिन नभएको गुनाशो आएपछि जेसिबी लगाएर खाल्डा खुल्डीलाई समथर बनाउन निर्देशन दिएको बताईन् ।
उनले आफुलाई जनताको समस्याको चिन्ता रहेको बताईन् । बिहान, दिउँसो र साँझमा उक्त पार्कमा बढी भिड हुने रजमिन समथर नभएपछि बस्नलाई समस्या हिँडडुल गर्नसमस्या भयोभन्ने खबर आएपछि आफुलेतुरुन्तै जेसिबी पठाएर उक्तसमस्याको समाधान गर्न निर्देशन गरेको बताईन् ।
आफु केही दिनमा काममा नियमित फर्किने र जनताको समस्या पिर मर्का बुझेर काम गर्ने बताएकी छन् ।