कृष्णपुर नगरपालिकाले शववाहन खरिद गर्ने

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले शववाहन खरिद गर्ने भएको छ । कार्यपालिका बैठकबाट निर्णय गरेर शववाहन खरिद गर्न लागिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शववाहन खरिदका लागि शुक्रबार बोलपत्र आह्वान गरिसकिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्टले बताए । शववाहन संचालनका लागि भने कार्यविधि तयार हुन बाकी रहेको उनले बताए ।पछिल्लो समय स्थानीय तहहरुले एम्बुलेन्स संगै निःशुल्क रुपमा शववाहन सेवा पनि संचालन गर्न थालेका छन ।

हाल कृष्णपुर नगरपालिकामा ३ वटा एम्बुलेन्स संचालनमा रहेका छन ।शववाहन सेवा संचालन भएपनि विपन्न नागरिकलाई सहज हुने नगरपालिकाले जनाएको छ । शववाहन खरिदका लागि नगरपालिकाले २५ लाख बजेट विनियोजन गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.