भिमदत्त नगरपालिकामा दुई दिने पत्रकारिता तालिम सम्पन्न

हेमन्ती चौधरी

महेन्द्रनगर । पत्रकारिता क्षेत्रमा पत्रकार महिलाहरुको संख्यालाई वृद्धि गर्ने उदेश्यका साथ कञ्चनपुरको भिमदत्त नगरपालिकामा दुई दिने पत्रकारिता तालिम शुक्रवार सम्पन्न भएको छ । द्धन्द पिडित तथा एकल महिला बिकास केन्द्र कञ्चनपुरको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको हो ।

द्धन्द पिडित तथा एकल महिला बिकास केन्द्र कञ्चनपुरको अध्यक्ष तथा समापन कार्यक्रमको सभाध्यक्ष सिता बोहराले शान्तीको लागि स्थानिय क्षमता कार्यक्रम अन्तरगत १२ जना शान्तीदुत अर्थात किशोरीहरुलाई दुई दिने पत्रकारिता तालिम प्रदान गरिएको बताईन् । यस तालिमले किशोरीहरुको पत्रकारिता क्षेत्रमा क्षमता अभिबृद्धिको साथै संचार माध्यममा रोजगारीको अवसर पनि हुने अध्यक्ष सिता बोहराले बताइन् ।

आफनो ईच्छा पत्रकारीता क्षेत्रमा केही गर्ने भन्ने सोच रहेको बेलामा संस्थाले दिएको तालिमबाट आफुले मिहिनेतका साथ सिकेर काम गर्ने सहभागि निलिमा डगौराले बताईन् । पत्रकारिता क्षेत्रमा महिलाहरुको सक्रियता कम भएको बेलामा संस्थाले दिएको योतालिमबाट केही मात्रामा पत्रकारिता क्षेत्रमा महिलाहरुको पनि सहभागिता देखिने अध्यक्ष बोहराको भनाई रहेको छ ।

सो तालिमको प्रशिक्षक वरिष्ठ पत्रकार चित्राङ्ग थापा र हेमन्ती चौधरी रहेका थिए । कञ्चनपुरको भिमदत्त नगरपालिका र बेदकोट नगरपालिकाका १२ जना तालिममा उपस्थिति सहभागीहरुले पत्रकारिता तालिम लिन पाउदा खुशी लागेको र संचार क्षेत्रमा काम गर्न उत्साहित भएको बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.