महेन्द्रनगर । कञ्चनपुरमा चिशो मौसममा न्यानो लुगाहरु निशुल्क वितरण गरिएको छ । शनिवार लाईन्स क्लब अफ महाकाली महेन्द्रनगर, लाईन्स नोबल वाल कपडा बैँकले भीमदत्त नगर पालिका १८ मा रहेको मामा भान्जा चोकमा निशुल्क कपडाहरु वितरण गरेको हो । यो चिशो मौसमा विपन्न वर्ग, एक जोड कपडाको लागी पनि चिशोमा समस्या हुनेलाई लक्षित गर्दै कार्यक्रम गरिएको हो ।
यसरी संस्थाले गरेको निशुल्क कपडा वितरणमा आफुहरुलाई यो चिशोमा न्यानो कपडा प्रदान गरेकोमा स्थानियहरु खुसी देखिन्थे, “चिशो बढ्यो आफु संग गतिलो न्यानो लुगा नभएपछि संस्थाले सहयोग गरेपछि अब सहज हुने भयो” कपडा ल्याउन आएका एक वृद्धले भने, “आफु पनि लगाउने घरमा रहेका हरुका लागी लगेको छु ” प्रत्येक शनिवार बिहानदेखी बेलुकी सम्म कपडा आवस्यक भएका जुनसुकै व्यक्तीले कपडा लैजान सक्ने र आफुसंग भएका छोटो पुरानो कपडा दिएर सहयोग गर्न सकिने लाईन्स क्लब अफ महाकाली महेन्द्रनगरका सचिव भाष्कर पन्तले जानकारी दिए ।
२०१९ सालदेखी निरन्तर रुपमा आवस्यक्ता परेकाहरुलाई निशुल्क कपडा वितरण गरिरहेको उनले बताए । साथै विषेस अवस्थामा परिस्थीतीमा पनि कपडाहरु वितरण गर्ने गरेको उनले बताए । विगतका दिनहरुमा पनि जिल्लामा रहेका बिभिन्न क्षेत्रमा कपडाहरु वितरण गरेको र आगामी दिनहरुमा पनि यो कार्यलाई निरन्तरता दिने उनले बताए । क्लबका विद्यार्थी भाईबहिनीहरुले आफना कपडा बैँकमा दिने र कपडाहरु खोज्दै जाने घरदैलो अभियान गरेर पनि कपडाहरु संकलन गरिएको उनले बताए ।
लियो जिल्ला परिषद ३२५ जिल्ला उपाध्यक्ष लियो मदन गिरीले युवाहरुलाई सामाजिक शसक्तीकरण गराई उनिहरुलाई समाजमा काम गर्न सेवा गर्न प्रेरित गर्ने अनुरुप नै योकार्यक्रमको आयोजना गरिएको उनले बताए । चिशो समयमा विपन्न परिवारलाई शितलहरबाट जोगिनका लागी निशुल्क लुगा वितरण गरिएको उनले बताए ।
आफुहरुले पुराना कपडा संकलन गर्ने र नयाँ कपडा निःशुल्क वितरण गर्ने भएकाले आफुहरुसंग भएका कतिपय पुराना छोटो भएको कपडाहरु अरु कसैको शरिर ढाक्ने राम्रो माध्यम बन्न सक्छ अहिले चिशो पनि भईरहेको हुँदा आवस्यक्ता भएका व्यक्तीलाई चिशोमा न्यानोपन दिन सक्ने भएकाले सबैले सहयोग गर्न उनले आग्रह गरे ।
भगतपुरमा रहेको नोबल कपडा बैँकमा पनि लुगाहरु दान गर्न सकिने उनले बताए । असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउने उदेस्यका साथ काम गरिरहेको उनले बताए । ‘हाम्रो समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने पनि धेरै छन् ।
नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन्,’ गिरीले भने, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौं ।’
Comments are closed.