मन्त्र अस्पतालले आयोजना गरेको स्वास्थ्य शिविरबाट ८८ जना लाभान्वित

महेन्द्रनगर । कञ्चनपुरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १३ पिपरैयामा रहेको बैजनाथ मन्दिर संरक्षण एवम सम्वद्र्धन समितिको आयोजना र मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो । उक्त शिविरबाट ८८ जना स्थानियहरुले स्वास्थ्य लाभ पाएका छन् ।

भीमदत्त नगरपालिका १३ पिपरैयाकी ६५ वर्षिया विश्नादेवी विष्टले आफनै आँगनमा स्वास्थ्य सेवा पाउँदा खुसी लागेको बताईन् । विगतदेखी शरिर दुख्ने टाउको दुख्ने समस्या रहेको बताउँदै उनले अहिले आफुले स्वास्थ्य चेकजाँच पाउँदा साथै औषधी पनि पाएपछि अब बिरामी पनि निको हुने बताईन् ।

यस्तै आफनो शिविरमा आएका अर्का स्थानिय वर्ष ६७ वर्षका नन्दराम भट्टले निशुल्क चेकजाँच र औषधी पाएपछि उनले आयोजक र चिकित्सकलाई धन्यवाद पनि दिए । उनले विगत लामो समयदेखी स्वासप्रस्वासमा समस्या रहेको बताउँदै आजको चेकजाँचले र औषधीले केही ठिक हुन्छ भन्नेमा विस्वास लागेको बताए । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाईरेक्टर डाक्टर गोविन्द रोकायाले आफनो सामाजिक उत्तरदायित्व अन्तरगत रहेर अस्पतालले यो शिविरको आयोजना गरेको बताए ।

उनले चिशो मौसममा स्वास्थ्यमा देखिने बिभिन्न समस्याहको चेकजाँच, परामर्श एवम औषधी वितरण गरिएको बताए । ८८ जनामा सबै भन्दा बढी प्रेसरका बिरामीहरु फेला परेको र अन्यमा सुगरका बिरामीहरु पनि रहेको जानकारी दिए । वडा अध्यक्ष रामबहादुर बोहराले शिविर आयोजनामा सहकार्य गरेकोमा उनले अस्पताललाई धन्यवाद व्यक्त गरेका छन् । साथै, उनले आगामी दिनमा पनि यस्तै स्वास्थ्य शिविरको आयोजना गरिदिन उनले आग्रह गरे ।

सम्बन्धित

Comments are closed.