होटल व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा जोशी विजयी

महेन्द्रनगर । डडेल्धुराका रमेशप्रसाद जोशी होटल व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा बिजयी भएका छन् । जोशीले कंचनपुरका परमानन्द भण्डारीलाई पराजित गर्दै अध्यक्षमा चयन भएका हुन् । जोशीली २४ मत पाए भने भण्डारीले १७ मत पाए ।जोशी डडेल्धुराको होटल मेघा क्लासिकका संचालक हुन् ।

डडेल्धुरामा भएको महासंघको प्रथम प्रदेश अधिवेशनबाट उपाध्यक्षमा रामचन्द्र रेग्मी, महासचिवमा तेजबहादुर बोहरा, कोषाध्यक्ष ज्ञानेन्द्रबहादुर सिह सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यमा विष्णा बोहरा, सीता चौधरी, पुजा रावल, मनिषा खत्री, ज्ञानबहादुर चौधरी, सन्तोष नाथ, भिम देउवा, दिपकबहादुर रावल र नरेन्द्रबहादुर चन्द चयन भएका छन् । यसअघि महासघका निवर्तमान अध्यक्ष दिपकबहादुर खड्काको अध्यक्षता र प्रदेशसभा सदस्य सरस्वती खड्काको प्रमुख आतिथ्यतामा प्रथम अधिवेशनको उद्घाटन सत्र समापन भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.