महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ३ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल वेदकोट ताल र चोरपानी (चुरेपानी) पिकनिक स्पोटमा सरसफाई गरिएको छ । “हामी हाम्रा लागी” अभियानका सदस्यहरुले उक्त धार्मिक तथा पर्यटकीय स्थलमा सरसफाई गरिएको हो ।
आफनो वरपर रहेका धार्मिक तथा पर्यटकीय स्थल वातावरणहरुलाई सरसफाई गर्नुपर्ने उदेश्यका साथमा आफनो क्षेत्रमा पनि सरसफाई गरिएको संयोजक डम्मर बहादुर लुहारले जानकारी दिए । उक्त क्षेत्रमा वनभोज खान आउनेहरुले जथाभावी फोहर गरिदिने जस्ले गर्दा उक्त क्षेत्रको सुन्दरता नै खराब हुने अवस्था रहेको हुँदा उक्त क्षेत्रमा सरसफाई गरिएको उनले बताए ।
साथै,डम्मर बहादुर लुहारको सयोजकत्वमा २५ सदस्य बेदकोट नगर कमिटी पनि गठन गरिएको छ ।