कञ्चनपुरको नीम इन्फोसिस उत्कृष्ट स्टार्टअप आइसिटी रिकग्निसनबाट सम्मानित

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा रहेको नीम इन्फोसिस प्रा.लि. आईएफएन आईसीटी फाउन्डेसन नेपाल सुदूरपश्चिम प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मानित भएको छ। शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोसिएसन विथ इन्ड्राइभको ग्रान्ड फिनाले कार्यक्रममा आईटी स्टार्टअप नीम इन्फोसिसलाइ सुदूरपश्चिम प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनबाट सम्मान गरिएको नीम इन्फोसिसका सञ्चालक तथा अध्यक्ष राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

स्थानीय इकोसिस्टम बलियो बनाउने उद्देश्यले आइसिटी अवार्डले केही समय अगाडि सातै प्रदेशमा सम्बन्धित प्रदेशका स्टार्टहरूसँग मिटअप तथा अन्तर्क्रिया कार्यक्रम गरेको थियो। सातै प्रदेशका स्टार्टअपलाई सम्मान र प्रोत्सान गर्ने उद्देश्यले प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ प्रदान गरिएको हो। यस विधामा गत पाँचवर्षको अवधिमा सञ्चालन भएका स्टार्टअप सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

त्यसैगरी यस वर्ष कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बि मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेष्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो र कर्णाली एरोमा प्रालि पनि प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मानित भएका छन्। काठमाडौंमा २ दिनसम्म सञ्चालन भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा सातै प्रदेशका स्टार्टअपले आफ्ना प्रोडक्ट तथा सेवा प्रदर्शनीमा समेत राखेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.