वेदकोट नगरपालिकामा ख्रिष्टमसको दिनलाई भव्यताका साथ मनाईयो

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा सोमवार ख्रिष्टमस भव्यताका साथ मनाईएको छ । वेदकोट नगरपालिकाको वडा नम्वर १ चम्पापुरमा बेथसालोम ख्रिष्टमस मनाईएको हो । कार्यक्रमका सभाध्यक्ष एवम पाष्टर सुरज मल्लले आत्मामा फोहर छ भने परमेश्वरको बास नहुने बताए ।

आफनो मनमा सदैव परमपरमेश्वरलाई राख्नु पर्ने र संसारमा रहेको मानवहरुको पापलाई छुटकारा दिनका लागी एक मात्र पुत्र परमेश्वरलाई पठाएर हाम्रो पापको नाश गर्न आउनु भएको बताए । उहाँका कारणले हामीले उद्धार र मुक्ती पाएको उनले बताए । सबैले आफनो मन विचारलाई सफा राख्नुपर्ने कसैको पनि आत्मालाई नदुखाईकन व्यवहार गर्ने, सबैलाई आफनोपनको महसुस गराउने कार्य सबैले गर्नुपर्ने बताए ।

आफुले गरेको कार्यले अरु कसैलाई समस्या नहुने गरी काम गरिनु पर्ने बताए । यस्तै, कार्यक्रमका बिशिष्ट अतिथि एवम बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले अन्धकारलाई नाश गर्नका लागी परमेश्वरले सबैलाई आफनो आशिष दिनु भएको बताईन् । हिँसा अत्याचार अधर्मको नाश गर्नका लागी सबै धर्ममा उल्लेख गरिएको र हिँसा रहित समाजको निर्माण गर्न सबैले लाग्नु पर्ने बताईन् ।

आफनो तरिकाले मनाउने तरिका फरक भएपनि सबैले एक ईश्वरलाई मान्ने गर्दछन साथै हिँसा रहित समाज निर्माण गर्नका लागी चर्चले पनि झुट बोल्नु हुँदैन आचरणमा बस्ने दुराचारलाई हटाउने आफु पवित्र भयो भने मात्रै परमेश्वरको बास हुने बताईन् । यसले समाजालाई सभ्य र राम्रो बनाउने भएकोले सबैले आफनो जिवनमा यी सुविचारलाई मनन गर्न पनि उनले आग्रह गरिन् । साथै उनले ईसाई समुदायका लागी आवस्यक पर्ने समाधी स्थलका लागी आफुले पहल गरिरहेको उनले बताईन् ।

उनले आफनो मानवरुपी समस्यालाई परमेश्वरले नै समाधान गर्ने तर आफनो आचरणलाई सुद्धिकरण गर्नु पर्ने जिकिर गरिन “मलाई धर्मको बाटो बताई देउ प्रभु म त पापी रहेछु जन्मभरी न त प्रेम गरे नत सेवा गरे न त साधु समाजको सेवा गरे मलाई धर्मको बाटो बताई देउ प्रभु म त पापी रहेछु जन्मभरी” भन्दै उनले भजन गाईन् । यस्तै, प्रमूख अतिथि एवम माननीय सुदूरपश्चिम प्रदेश सदस्य बहादुर थापाले आफुलाई यो समुदायले चुनावताका साथ र सहयोग गरेको आफुले नभुलेको बताए ।

आफु लगायत आफनो पाटीलाई यो समुदायले दिएको मायाले नै आफुहरु विजयी भएको उनले स्मरण गरे, आफुहरुले मनाउने परम्परा तरिका मात्रै फरक रहेको बताउँदै उनले आफना गलत कर्म नगर्न असल समाजको निर्माण परिवारको निर्माण गर्ने र राष्टलाई निर्माण गर्नका लागी सबैले आफनो क्षेबाट गरेको कार्यले नै देश राम्रो बन्ने बताए । साथैले सबै धर्मको रक्षा गरिनु पर्ने सबै धर्मको कार्यक्रममा सहभागी भयो भने भाईचारा कायम रहने र समस्याको समाधान गर्न सहज हुने बताए ।

चुनावी समयमा आफुले गरेको वाचालाई उनले पुरा गर्ने बताए । जन्म मृत्यु सबैको सम्मान जनक हुनुपर्ने भएकाले मरणको समयमा यो समुदायलई समस्या भएको विषयमा आफुले बिभिन्न क्षेत्रमा कुरा भएको र यसको व्यवस्थापनको लागी आफुले केही न केही कार्य गर्ने बताए । यो वर्ष नभएपनि आगामी वर्षमा बजेट ल्याउने प्रतिबद्धता जाहेर गरे ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.