जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकी इन्चार्ज शाही पक्राउ

महेन्द्रनगर । मुगुको सोरु गाउँपालिका–९ स्थित खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही पक्राउ परेका छन् । सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मालाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो । उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

उनीविरुद्ध तुलसाले आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले यसअघि सुरजकी आमा झ्यापु शाही र स्थानीय व्यापारी धनप्रसाद भट्टलाई पक्राउ गरिसकेको छ । स्थायी घर दाङ भएकी अनमी तुलसाकुमारी गत वर्ष माघदेखि खनैयाँ स्वास्थ्यचौकीमा कार्यरत छिन् । उनी स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमारी शाहीकै घरमा डेरा लिएर बसेकी थिइन् ।

तर गत वैशाखमा जात थाहा पाएपछि उनकी आमाले डेरा सर्न दबाब दिएको आरोप अनमी विकको छ । साथै सरु गाउँपालिकाकै शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लले यौन दुर्व्यवहार गरेको आरोपसमेत अनमी विकले लगाएकी छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.