“हामी हाम्रा लागी“ अभियान अन्तरगत शुक्लाफाँटा नगरपालिकामा समिती गठन

महेन्द्रनगर । “हामी हाम्रा लागी“ अभियान अन्तरगत शुक्लाफाँटा नगरपालिकामा समिती गठन गरिएको छ । मंगलवार शुक्लाफाँटा नगरपालिका ११ अमरपुरमा रहेको कृष्णपुर सामुदायिक वन उपभोक्ता समुहको प्राङगणमा आयोजना गरिएको कार्यक्रममा अनिता नेपालि को संयोजकत्व मा १५ सदस्य समिति र गणेश बिक संयोजक मा ७ सदस्य सल्लाहकार समिती गठन गरिएको अध्यक्ष अमर सिंह सुनारले जानकारी दिए ।

“हामी हाम्रा लागी“ पटक पटक लड्यौं अरुका लागी अब उठौ लडौ हामी हाम्रो लागी भन्ने मुल नाराका साथ शुक्लाफाँटा नगरपालिका बसोबास गर्ने सम्पूर्ण दलित अगुवा तथा दलित अधिकार कर्मि ,बुद्धिजीवी कर्मचारी र संघका संस्था प्रतिनिधि ,दलित जनप्रतिनिधिहरुको उपश्थिती रहेको थियो ।

समसामयिक विषय मा छलफल गरी सम्पूर्ण अधिकारकर्मीहरु बीच बृहत अन्तरक्रिया कार्यक्रम गरि अभियान निरन्तरताका लागि जिल्ला भरि अभियान संचालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.