महेन्द्रनगर । कञ्चनपुरमा रहेको एक वृद्धा आश्रमलाई पुरस्कार प्रदान गरिएको छ । देशैभरका ७७ जिल्ला मध्येको एक संस्था महिला तथा वृद्ध सेवा केन्द्र लाई सम्मान गरिएको हो ।
तेस्रो राष्ट्रीय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा आज नगद १ लाख ५० हजारसहित आफनो संस्थालाई पुरुस्कार प्रदान गरिएको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा अवस्थीत महिला तथा वृद्ध सेवा केन्द्र कञ्चनपुरकी अध्यक्ष तथा संचालक शारदा चन्दले जानकारी दिईन् ।
माननीय मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक एवसमाज कल्याण परिषदका अध्यक्ष सुरेन्द्य्रराज आचार्यले उनलाई पुरुस्कार प्रदान गरेका थिए । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पुष ६ गते बसेको माननिय मन्त्रीस्तरको निर्णय अनुसार कञ्चनपुरको उत्कृष्ट ज्येष्ठ नागरिक संस्थाको रुपमा नगदसहित पुरस्कृत गरिएको संचालिका चन्दले बताईन् ।
आफुले गरेको निरन्तरको सामाजिक सेवा वृद्ध बाआमाको सेवाले र उहाँहरुको मायाले नै आज आफनो संस्था सम्मानित भएको बताईन् । यो सम्मानले आफुमा हौसला जोस जाँगर थपिएको बताउँदै उनले आगामी दिनमा पनि यो सेवामा कटिबद्ध भएर निरन्तर लाग्न्े र बेसहाराको साहारा भएर काम गर्ने बताईन् ।
Comments are closed.