महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको रेडियो प्रभु एफ।एम।झलारीका स्टेशन म्यानेजर अर्जुन बहादुर सिंहले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । उनले बिहीबार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ स्थित शिवशंकर माध्यमिक विद्यालय गर्जमुनीका बौद्धिक अपाङ्गता भएका १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री संगै फलफुल दिएर आफ्नो ४१ औँ जन्मदिन मनाएका हुन् ।
सेतीकाली एक्सप्रेस राष्ट्रिय दैनिकका प्रकाशक समेत रहेका पत्रकार सिंहले कापी,कलम,औजार बक्स लगायतका शैक्षिक सामाग्री संगै फलफुल वितरण गरेका हुन् । उक्त सामाग्री हस्तान्तरण गर्दै पत्रकार सिंहले जन्मदिनको अवसरमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई सहयोेग गर्न पाउँदा खुसी लागेको बताए ।
विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराएकोमा पत्रकार सिंहलाई धन्यवाद दिँदै विद्यालयका प्रधानाध्यापक विष्णुदत्त जोशीले जन्मदिनमा फजुल खर्च नगरी सामाजिक कार्यमा गरिएको सहयोगले सकारात्मक सन्देश दिएको बताए । बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई यस्तो सहयोगले पठन(पाठनमा सहयोग हुने विद्यालयका प्रधानाध्यापक जोशीले बताए ।
शुक्लाफाँटा(१० निवासी पत्रकार सिंह नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य समेत हुन् । यस विद्यालयमा बौद्धिक अपाङ्गता श्रोत कक्षा सञ्चालन हुँदै आएको छ । श्रोत कक्षामा दार्चुला,बैतडी,कैलाली,कञ्चनपुरका गरी १२ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत छन् । पत्रकार सिंहले गत वर्ष समेत शुक्लाफाँटा नगरपालिकाका बर्थिङ्ग सेन्टरमा पानी तताउने इलेक्ट्रोनिक्स जग र हटवाटर व्याग सहयोग गरेर जन्मदिन मनाएका थिए ।