कञ्चनपुरमा बालविवाहलाई न्युनिकरण गर्नको लागी सरोकारवाला निकाय संग छलफल

महेन्द्रनगर । कञ्चनपुरमा बालविवाहलाई न्युनिकरण गर्नको लागी सरोकारवाला निकाय संग छलफल गरिएको छ । राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) ले विहिवार सुदूरपश्चिममा बालविवाह निवारण परियोजना अन्तरगत बालविवाह निवारणका लागी स्थानिय प्रतिबद्धता विषयमा पालिका स्तरीय पैरवी कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल सरकारले आगामी सन् २०३० सम्ममा नेपालबाट बालविवाहलाई शुन्यमा पुय्राउने लक्ष्य अनुरुप अहिले संस्थाले बिभिन्न जिल्लामा रहेर काम गरिरहेको राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) को सुदूरपश्चिममा बालविवाह निवारण परियोजनाका कार्यक्रम संयोजक टेक विकेले जानकारी दिए । उनले स्थानिय तहमा एसडिजी गोल र नेपाल सरकारले २०३० सम्ममा सुदूरपश्चिममा सबै प्रकारका बाल हिँसा, बाल विवाह र बाल श्रमलाई निवारण गर्ने प्रतिबद्धता लिएको सन्दर्भमा स्थानिय तहले सो प्रतिबद्धता पुरा गर्न निर्माण गर्ने निती के के हुन ? कुन कुन निती निर्माण भएका छन ? कुन कुन नितीहरु निर्माण गर्न बाँकी रहेका छन र कहिले सम्म निर्माण गर्दछौ ? भनेर आजको कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

साथै उनले यो कार्यक्रममा आफनो पालिकामा वडामा ति निती नियमहरु निर्माण गरी २०३० सम्ममा लागु गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर पनि गरिएको उनले बताए । साथै वडा अध्यक्ष, नगर प्रमुख उपप्रमुख प्रशासकिय अधिकृत, महिला बालबालिका शाखा, प्रहरी, बाल संजाल सबैले आफनो पालिकामा २०३० सम्म बालविवाह , बाल श्रम, बाल हिँसालाई शुन्यमा ल्याउने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको बताए ।

साथै उनले यो परियोजना सुदूरपश्चिमको ४ वटा जिल्ला बझाङ, अछाम,कैलाली र कञ्चनपुरमा लागु भएको छ, जस्मा पनि जोखिमताको आधारमा कञ्चनपुरमा भीमदत्त, कृष्णपुर र दोधारा चादनीमा कैलालीमा गोदावरी नगरपालिका मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकामा यो परियोजना लागु भएको कार्यक्रम संयोजक विकेले जानकारी दिए ।

यस्तै बझाङमा थलारा गाउँपालिका र खप्तड छान्ना गाउँपालिका अछाममा मंगलसेन नगरपालिका र साफेबगर नगरपालिका गरी १० पालिकाको ६० वटा वडामा रुपान्तरण कक्षासहित बिभिन्न कार्यक्रम गरिरहेको उनले जानकारी दिए । विषेश गरे यो परियोजनाले किशोर िशसक्तीकरण, अभिभावकहरु संग क्ष्मता विकास स्थानिय तहको क्ष्मताको पनि अभिवृद्धी गर्ने उदेश्य पनि रहेको कार्यक्रम संयोजक विकेले बताए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले नेपाल सरकारको सन २०३० मा बालविवाह न्युनिकरण गर्ने योजनामा पालिकाले पनि साथ र सहयोग गर्ने र निती अनुरुप नै पालिकाले आफनो कार्य गर्ने बताईन् । साथै उनले पालिकाले बिभिन्न योजनाहरु बालबालिका लक्षित कार्यक्रमहरु गरेको जनचेतना मुलक कार्यहरु गरेको जानकारी दिईन् ।

साथै निकट भविश्यमा पालिकामा बाल हेल्प डेस्कको प्रक्रियालाई पनि अगाढी बढाउने र अन्य बालमैत्री उद्यान, बालमैत्री पालिका वडा बनाउनमा सबैले हातेमालो गरेर मात्रै सहज हुने बताईन् ।

सम्बन्धित

Comments are closed.