महेन्द्रनगर । बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले सहकारीका लागी आफुले गर्न सक्ने सहयोगका लागी आफु तयार रहेको बताईन् । इन्द्रेणी कृषि सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभामा बोल्दै उनले आफुहरुले सहकारीसंग धान पकेट क्षेत्रमा साझेदारी गरेको उल्लेख गर्दै आगामी दिनहरुमा पनि बिभिन्न योजना कार्यक्रममा समेटेर लैजाने प्रतिवद्धता गरिन् ।
सहकारीका अध्यक्ष शिवराज भट्टको अध्यक्षतामा गरिएको उद्घाटन समारोहमा उप मेयर जोशी प्रमुख अतिथि थिइन् । बेदकोट नगरपालिका ९ का वडा अध्यक्ष जनक बहादुर विष्ट विशिष्ठ अतिथि थिए । उद्घाटन कार्यक्रममा सहकारीका अध्यक्ष भट्ट सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।
२०६८ मा ३१ जना शेयर सदस्यले खोलेको सहकारीमा हाल एक हजार २ सय २७ शेयर सदस्य पुगेका छन् । सहकारीका अध्यक्ष भट्टले हालसम्म सहकारीबाट ३ सय ४० जनाले सहुलियत ब्याजदरमा ऋण लिएर कृषि, व्यापार लगायतका आय आर्जनका कार्यक्रम गरि रहेको जानकारी दिए । सहकारीले युवा स्वरोजगाबारट ५० लाख सहुलियत ऋण लिएको थियो । यस वर्ष पनि युवा स्वरोजगार र प्रदेश युवा स्वरोजगारबाट सहुलियत ऋण लिने प्रक्रिया अघि बढेको अध्यक्ष भट्टले बताए ।
कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक अर्जुनदेब पाण्डेयले लेखा परीवेक्षण प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ ऋणी सहित संस्थागत सदस्य, उदयदेब माविका एसइई उत्कृष्ठ विद्यार्थी, संस्थागत बचतकर्ता र वडा कार्यालय लगायतका सम्मान गरिएको छ । सहकारीले प्रकाश कलौनी, लक्ष्मीदेबी दियाल, पदम सिह धामी, जय प्रकाश भट्ट र नरेन्द्रराज पन्तलाई असल ऋणका रुपमा सम्मान गरेको छ ।
असल बचकर्तामा प्रिया राना, भगिरथ जोशी, सुम्मिना राना, गौतम धामी, नन्दकली राना सम्मानित भएका छन् । उत्कृष्ठ बाल बचतकर्तामा समीक्षा विष्टलाई सम्मान गरिएको छ । बैजनाथ भजन किर्तन मण्डली र बैजनाथ सुडा खानेपानी तथा सरसफाई उपभोक्ता समिति संस्थागत बचततर्फ सम्मानित भएका छन् ।