महेन्द्रनगर । सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले आफनो १७ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । आईतवार आफनो कार्यालयको सभा हलमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो । “आवाजमा पहुँच नभएका हरुको सञ्चारमा अधिकार” भन्ने मुल नाराको साथमा स्थानीय विकास मञ्च फोल्ड कन्चनपुरको पहल र समुदायद्वारा सञ्चालित सामुदायिक रेडियो शुक्लाफाँटा एफ एम ९९.४ मेगाहर्ट्जले २०६३ साल पौष १५ गतेदेखि विधिवत रुपमा प्रशारणको थालनी गरेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी परराष्ट्र मन्त्री एनपी सावदले सामुदायिक रेडियोले जनता र राज्यबीच पुलको काम गर्नुपर्ने बताए । साथै सुदूरपश्चिममा अग्रज रेडियोको रुपमा समुदायमा सकारात्मक परिवर्तनका लागी सुचनामा आमजनताहरुको पहुँचमा वृद्धी गर्नका लागी रेडियोले अहम भुमिका खेलेको आफुले पाएको बताए । साथै उनले, रेडियोका माध्यमबाट नागरिकलाइ हरेक कुरालाई विश्लेष्ण गर्न सक्ने क्षमता विकास गराउने, शिक्षालाई व्यावहारिक वनाउन परम्परागत ज्ञानका राम्रा पक्षलाई प्रवद्र्धन गर्न तथा नयाँ शिक्षा र प्रविधिलाई नागरिकहरूमा विस्तार गर्ने, राज्यले गरिरहेको गतिविधीलाई जनता समक्ष पुय्राउने माध्यम रेडियो जस्तो उत्तम विकल्प अरु नभएको बताए ।
यो समय भनेको संचार जगतलाई अवसर र चुनौती दुवै रहेको बेलामा रेडियोलाई संचालन गर्नपनि आफनै चुनौतीहरु रहेको बताए । अहिले प्रयाप्त स्रोत र साधनहरुको पनि कमीले आर्थिकरुपमा पनि समस्या भईरहँदा पनि जनताहरुलाई नियमित रुपमा सुचना प्रवाह गर्ने र मनोरंजन प्रदान गर्ने काममा खटिएर गरेको कार्यलाई उच्च सम्मान रहेको बताए । साथै उनले समाचार सम्प्रेषण गर्दा निष्पक्षरुपमा जनता माझ जानकारी दिनु पर्ने, साथैकसैको दवावमा रहेर पक्ष विपक्ष भएर कुनै पनि सुचना, जानकारी समाचार प्रसारण गरिन नहुने बताए ।
साथै सामुदायिक रेडियोहरुले सबै भन्दा बढी जनतालाई सुचनामा पहुँच दिईरहेको अवस्थामा यो समाुदाियक रेडियोलाई यहाँ सम्म पुगाउनमा अति महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने ऋषीराज लुम्सालीलाई धन्यवाद पनि व्यक्त गर्न चाहेको बताए । “यो सामुदायिक रेडियोले आवाज विहिनहरुको आवाज बनेर शसक्तढंगले आगामी दिनहरुमा पनि सहि सुचना, जानकारी समाचार मनोरंजन प्रदान गर्ने छ यही शुभकामना व्यक्त गर्न चाहन्छु” उनले भने, “साथै आफुले पनि यो रेडियोमा विगतका दिनहरुमा आएर बिभिन्न समसामयिक विषयमा अन्तरवार्ता पनि दिएको स्मरण रहेको छ” ।
स्थानीय विकास मञ्च फोल्डका अध्यक्ष यज्ञराज चटौतले सबै उपश्थितहरुमा स्वागत तथा सबैलाई रेडियो संचालन गर्नमा अहम भुमिकमा सहयोग गरेको प्रति धन्यवाद व्यक्त गरे, उनले त्यो बेलामा सुचनामा समाचारमा सबैको पहुँच नभएको सन्दर्भमा आमजनतालाई कुण्ठित पार्ने अवस्थामा पनि आफुहरुले आजभन्दा १७ वर्ष पहिला गरेको साहसले नै आज सबैले यो सामुदायिक रेडियो सुन्न पाएको बताए । तत्कालिन स्थानीय विकास मञ्च फोल्डका अध्यक्ष र रेडियोका अध्यक्ष ऋषीराज लुम्सालीको नेतृत्व, क्षमता, योग्यता, बौद्धिक्ता मेहनेतका कारणले यो रेडियो अहिलेको अवस्था सम्म टिक्न सकेको बताए ।
वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले यो सामुदायिक रेडियोले विगतका दिनमा बिभिन्न कठिनाई बिभिन्न चुनौतीलाई पार गर्दै १७ वर्षपार गरेको बताईन् । विगतका दिनमा आफुले पनि यो रेडियोमा आध्यात्मीक कार्यक्रम संचालन गरेको स्मरण गर्दै, अहिले पनि सामुदायिक रेडियोले बिभिन्न ज्ञान वद्र्धक कार्यक्रमहरु, समाचार, मनोरंजन प्रदान गर्दै आएको र यसरी नै आगमी दिनमा पनि संचारको जगतमा पहिलो हुनेमा आफु विस्वस्त रहेको बताईन् ।
दोधाराचादनी नगरपालिकाका उपप्रमुख गंगा जोशीले “सामुदायिक रेडियोले दुर दराजमा रहेका कुनाकन्दरामा रहेका आम जनताहरुको समस्यालाई समेटेर उनिहरुको आवाज बनेर समाधान तर्फ अगाढी बढने छ” उनले भनिन, “अहिलेको अवस्थामा रेडियोहरुलाई पनि आफनै चुनौती रहेको र समस्याका बाबजुुद पनि संचालनमा रहेको प्रती हार्दिक धन्यवाद छ” । वरिष्ठ पत्रकार चित्रांग थापाले सामुदायिक रेडियो शुक्लाफाँटा रेडियो सुदूरपश्चिममा रहेका सबै रेडियोको अग्रज संचार माध्यम रहेको बताए ।
प्रेस काउन्सिल नेपालका सदस्य हरी जोशीले राजनितीलाई मात्रै समाचार बनाउनु भन्दा विकासका विषयहरुमा पनि कलम चलाउनु पर्ने बताए । साथै दायित्व निर्वाह गरेर नेता मन्त्री सबैले काम गर्नुपर्ने बताए । यस्तै रेडियो हरेक वर्ष प्रदान गर्दै आएको शुक्लाफाँटा पत्रकारिता पुरस्कार यो वर्ष नेपाल टेलिभिजनका सम्वादाता दुर्गा उपाध्यायलाई नगद ११ हजार १ सय ११ रुपैयासहित दोसल्ला ओढाएर प्रमाण पत्र प्रदान गरिएको छ ।
यस्तै कृषिमा उत्कृष्टका मग रेको भन्दै कृषक पल्लव अवश्थी र कराँतेका खेलाडी सुनिता सुनारलाई पनि सम्मान गरिएको थियो । रेडियोका स्टेसन म्यानेजर जयदेव जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमलाई रेडियोका पुर्व स्टेशन म्यानेजर विष्णु दत्त अवश्थीले संचालन गरेका थिए । साविक महाकाली अञ्चलको पहिलो र सामुदायिक रेडियोमा सुदूरपश्चिमको सर्वाधिक प्रशारण १ हजार वाट क्षमता भएको शुक्लाफाँटा एफ.एम हरेक वर्ष स्थापना भएको मितिमै वार्षिकोत्सव मनाउने गरेको छ ।
शुक्लाफाँटा एफ एम को अडियो उत्पादन र स्टुडियो रहेको कन्चनपुरको भीमदत्त नगरपालिका वडा नं १ भांसीमा रहेको छ भने, एफ एम को प्रशारण केन्द्र कैलालीको गोदावरी नगर पालिका वडा नं ४ नाचनथलीमा रहेको छ । रेडियोले सत्र वर्षको यस यात्रामा विपन्न समुदायको आवाज, समावेशी आवाज र विकासका लागि सञ्चारको भूमिकाका रूपमा काम गर्दै आएको छ ।
Comments are closed.