धनगढीमा एकै दिन तिन जना स्रष्टाहरुका ३ वटा कृतीको विमोचन

महेन्द्रनगर । धनगढीमा एकै दिन तीन जना स्रष्टाहरुले लेखेका ३ वटा कृतीको विमोचन गरिएको छ । शनीबार सदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रम्मा गणेश नेपालीको एकलब्य,कृष्ण पेलाको फुल्को प्रहार र कैलाश पाण्डेको एकलब्यको देशमा कृतीको एकैसाथ विमोचन गरिएको हो । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देबराज जोशीले तीनै जना स्रष्टाहरुले लेखेका उक्त कृतीहरुको विमोचन गरेका हुन ।

पुस्तक विमोचन कार्यक्रम्का प्रमुख अतिथि तथा प्रदेश प्रमुख जोशीले संसारलाई चिनाउन साहित्यको अहम भूमीका रहेको बताउदै सुदूर पश्चिमलाई चिनाउन सुदूरपश्चिम प्रदेशका साहित्य सर्जकहरुले महत्वपूर्ण भूमीका निर्बाह गर्दै आएको बताए । उनले एकै पटक ३ वटा सर्जकहरुका ३ वटा कृती विमोचन गर्न कार्यले सुदूरपश्चिम प्रदेशमा साहित्यले फड्का मारेको प्रमाण भएको बताउदै तिनै जना स्रस्टाहरुलाई लेखनकार्यको प्रगतीका लागीे शुभकामना ब्यक्त गरे ।

सुदूरपश्चिम प्रदेशको कला संस्कृती, विकास र सम्भावनाका क्षेत्रमा लेखकहरुको कलम चलोश भन्ने शुभकामना दिदै प्रदेश प्रमुख जोशीले सुदूरपश्चिमाञ्चल साहित्य समाजले साहित्यीक महोत्सवको आयोजना गरेर विश्वमा चीनाउने कार्य गर्दै आएकोमा त्यसको निरन्तरताको लागी कामना समेत ब्यक्त गरे । कैलाश पाण्डेको एकलब्यको देशमा कृतीको समिक्षा गर्दै साहित्यकार बासुदेव पाण्डेले सत्ता र शक्तीको भरमा काम गर्दै आएको सरकारलाई गतीलो प्रहार गरिएको जानकारी गराए ।

उनले कृतीमा दलित समुदायलाई बैज्ञानीक समुदायको रुपमा चित्रण गरिएको बताउदै दलित समुदाय साच्चिकै बज्ञानीक भएको बताए । उनले पाण्डेको कृती एकलब्यको देशमा राष्ट्रियता, मानवता र दयामाया सबै समेटिएको बताए । त्यसैगरी कृष्ण सिह पेलाको फुलको प्रहारको समिक्षा गर्दै कैलाली बहुमुखि क्याम्पसका प्राध्यापक सिताराम भट्टले फुलको प्रहार साच्चीकै फुल जस्तै सेजना भएको बताए । उनले सरकारलाई सर्जकले फुलको प्रहार गर्दै समाजलाई फुल जस्तै बनाउन अपील गरेको बताए ।

स्रष्टाहरु समाजका ईन्जीनियर भएको बताउदै उनले समाजमा ब्याप्त अभाव , गरीबी र पछौटेपन जस्ता हरेक विषयमा चिन्तन गर्दै कस्तो नक्सा बनाउने भन्ने विषयमा चिन्तीत रहने गरेको बताए । त्यसैगरी गणेश नेपालीले लेख्नु भएको एकलब्यको समीक्षा गर्दै पहिलो महिला गजलकारश्रेष्ठ प्रीया पत्थरले सुदूरपश्चिम प्रदेशमा पहिलो गजल २०२० सालमा दशरथ चन्द पकाशित भएको बताउदै एकलब्य गजल संग्रहमा दलितका सवालहरु उठान गरिएको बताईन ।

एकलब्य जातीय विभेदका घटनाहरुको संक्षिप्त चित्रण भएको बताउदै उनले पश्चिम रुकुममा भएको नरसम्हारको समेत चित्रण गरिएको बताईन । एकलब्य छुवाछूत विरुद्धको विम्ब भएको बताउदै लेखक नेपालीले आर्थिक विभेद, जातीय विभेद र सामाजीक विभेदको यथार्त चित्रण गरेको बताईन । तत्कालीन राष्ट्रपती विद्यादेवी भण्डारीले जानकी मन्दिरमा जाँदा शुद्धीकरण गरिएको घटना प्रति तिखो प्रहार गरिएको बताउदै देश निर्माण र विश्वासको संकटका विषयमा उठान गजलमा गरिएको बताईन ।

उनले ३ वटै कृती एकैसाथ विमोचन गरिनुले साहित्यलाई सम्बृद्ध बनाएको बताईन । त्यसैगरी ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले समाजको रुपान्तरण कृती भएको बताउदै साहित्यकार समाजको ऐना भएको बताए । उनले सञ्जोगले कैलाश, गणेश र कृष्णको एकैसाथ कृती विमोचन गरिनुले साहित्यमा फडको मार्ने काम भएको बताए । सुदूपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश नेपालीले गरेका थिए भने थुप्रै साहित्य प्रेमी ब्यक्तित्वहरुले शुभकामना मन्तब्य राखेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.