महेन्द्रगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मा रहेको विद्यालयहरुको अनुगमन गरिएको छ । सोमवार भीमदत्त नगरपालिकाले ४ वटा सामुदयिक विद्यालयमा अनुगन गरेको हो । श्रि भिमदत्त स्मृती प्राथमिक विद्यालय, शन्तनगर खल्ला, श्रि बैजनाथ आधारभुत विद्यालय टुडिखेल, श्रि सस्वती आधारभुत विद्यालय मुसेटी, र मालिकार्जुन आधारभुत विद्यालय मटैनामा अनुगमन गरिएको थियो ।
भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक, सामाजिक विकास संयोजक एवम भीमदत्त नगरपालिका अध्यक्ष सुसिल भट्ट,शिक्षा शाखा प्रमुख कलावती मिश्रा, नगर शिक्षा समिति सदस्य डबल बहादुर विष्ट,अञ्जली बोहरा, जगदिश विष्ट र निर्मला जोशीले संयुक्त रुपमा अनुगमन गरेका हुन् । अनुगमनका क्रममा विद्यालयहरुमा विद्यार्थीहरुको कमी, शिक्षकहरुको अभाव भौतिक संरचना, खानेपानी शौचालय, खेल मैदान लगायतको अभाव रहेको पाईएको छ ।
विद्यार्थीहरु बढी भएका विद्यालयमा विद्यार्थी संख्यामा कम रहेको छ भने, शिक्षक बढी भएका विद्यालयमा विद्यार्थी संख्या कम रहेको पाईएको छ । भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख कलावती मिश्राले विद्यालयमा विद्यार्थीहरुको संख्या न्युन रहेको विद्यालयमा भौतिक संरचनामा समस्या शिक्षकहरुको पनि अभाव प्रशासनीक अवस्थामा पनि सुझाव दिएकोे बताईन् । साथै यो समस्या हरुको समाधानमा विद्यालयलाई मिलान गर्ने नजिक नजिक रहेका विद्यालयलाई एउटै बनाएर काम गर्न सकिने उनले बताईन् ।
पालिकाको निती अनुसार आगामी दिनहरुमा विद्यार्थी संख्याको अनुपातमा शिक्षकहरुको अभाव रहेको बताईन् । यता भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले अनुगमनमा देखिएको समस्या सुधार गर्नुपर्ने विषयहरुलाई शिक्षा समितीको वैठक राखेर विद्यालयको शैक्षिक गुणस्तर, पठनपाठनको गुणस्तरलाई कसरी स्तोरन्नती गर्न सकिन्छ भन्ने विषयमा रहेर समाधान खोज्ने बताईन् ।