वेदकोटको लिप्नामा तरकारी र फलफुल उत्पादन गर्न पालिकाले सहयोग गर्ने

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर २ र ३ का स्थानियहरुले खानेपानी, विजुली, बत्ती, सडकको समस्या रहेको बताएका छन् । सोमवार वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा, उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट, कृषी ज्ञान केन्द्रका प्रमुख स्वास्थ्य शाखाका प्रतिनिधीहरुको संयुक्त अनुगमनका क्रममा स्थानियहरुले आफनो समस्या राखेका छन् ।

स्थानिय रामचन्द्र पन्तले सहज रुपमा सडक नभएको, केही किलो मिटर तल सम्म विजुली रहेको तर यता अन्धकारमा जिवन विताउनु पर्ने समस्या रहेको बताए । विषादी रहित फलफुल खेती, तरकारी खेतीका लागी आफुहरुलाई सिचाँईको समस्या रहेको र उक्त समस्या समाधानका लागी पनि जानकारी दिएको उनले बताए । अहिले वडा नम्वर २ र ३ मा ७० देखी ८० परिवार को जग्गा रहेपनि अहिले ४० परिवारहरु बस्दै आएको उनले बताए ।

खानेपानीको लागी पनि समस्या रहेको बताँउदै उनले काम भईरहेपनि पाईपहरुलाई पहिरोले बगाएर लैजाने भएकाले बजेटको अभावले काम पनि रोकिएको आफुले नगर प्रमुख लगायतलाई जानकारी दिएको बताए । साथै आफुहरुले पहिरो रोकथामका लागी पनि पहल गरिदिन स्थानियहरुले नगरप्रमुखलाई आग्रह गरेका छन् । सोलार बत्तीहरुमा पनि समस्या भएको जानकारी दिएपछि नगर प्रमुखले तत्कालै फोन गरेर सुधार गर्न भनेर जानकारी दिएको उनले बताए ।

थारु आलुको उत्पादन राम्रो हुने उक्त क्षेत्रमा सिँचाई सेवा भएको खण्डमा मनग्य आम्दानी गर्न सकिने स्थानिय पन्तले बताए । यता,नगरप्रमुख भोजराज बोहराले मुल बस्तीबाट छुट्टिएर रहेको पहाडमा रहेको उक्त लिप्ना क्षेत्रमा सम्भावना के रहेको छ ? उनिहरुलाई आर्थिक रुपमा कसरी सम्पन्न गर्न सकिन्छ ? भनेर आफुहरु त्यहाँ गएको बताए । उक्त क्षेमा तरकारी फलफुल र पर्यटकीय हिशावले पनि काम गर्न सकिने उनले बताए ।

उक्त क्षेत्रमा तरकारी फलफुलमा सिँचाई र खानका लागी पनि पानीको समस्या रहेको देखिएकोर त्यसलाई समाधानगर्न आफुहरुले पानी संकलन गर्नका लागी टंकीको निर्माण गर्ने र तरकारी फलफलुलका लागी कृषी ज्ञान केन्द्र संग समन्वय गरेर विउविजनहरुको व्यवस्था गरेरका काम गरिने नगर प्रमुख बोहराले बताए ।

साथै उक्त क्षेत्रमा विजुली बत्तीका लागी महेन्द्रनगर वितरण केन्द्र संग समन्वय गरेर डडेल्धुराको परशुरामबाट विजुली ल्याउनु पर्ने भएकाले त्यसको लागी पहल गर्ने बताए । नगरउपप्रमख तुलसी जोशीले स्थानियहरुको समस्या समाधान गर्नका लागी ज्ञान केन्द्र संग पनि बिभिन्न तरकारी बेमौसमी तरकारी उत्पादन फलफुलको उत्पादन गरी उनिहरुलार्य आर्थिकरुपमा पोषणयुक्त उत्पादकोत्व बढने खालको योजनामा काम गरिने बताईन् ।

साथै बस्ती बाट टाढा सडक संजालबाट पनि राम्रो पहुँच नभएको उक्त क्षेत्रमा रहेका महिलाहरुको शिक्षा, स्वास्थ्यमा पहुँच पुय्राउन आर्थिक विपन्ना हटाउन कृषी र शिक्षासंग पनि जोडने उनले बताईन् । साथै उनले महिलाहरुको सम्बन्ध राज्यसंग जोडने उनिहरुलाई उत्पादन मुखी बनाउने महिलाहरुको क्षमता विकास गर्न र उनिहरुले उत्पादन गरेको सामग्रीको पनि बजारीकरणमा पालिकाले विषेस भुमिका खेल्ने बताईन् ।

आर्थिक रुपमा विपन्न बस्तीमा केही काम गर्न सकिन्छ भनेर योजना बनाएर तरकारी र फलफुलको सम्भावना रहेको उक्त क्षेत्रमा पालिकाले काम गर्ने प्रमुख प्रशसकिय अधिकृत पदमराज भट्टले बताए । यो वर्षमा उनिहरुलाई कृषी ज्ञान केन्द्रसंगको समन्वयमा फलफुल तरकारी हरुका विउ विरुवाहरु वितरण गर्ने र सिँचाईका लागी पनि काम गर्ने उनले बताए ।

सम्बन्धित

Comments are closed.