महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउनु छ: भीनपा उपप्रमुख लेखक

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १४ मा च्याँउ खेतीको तालिम संचालन गरिएको छ । ५ दिने च्याउ खेती तालिम को भीमदत्त नगरपालिका नगर उप प्रमुख निलम लेखकले अनुगमन गरेकी छन् । उनले महिलाहरुलाई आत्म निर्भर बनाउन पालिकाले बिभिन्न योजनाहरुमा काम गरिरहेको बताईन् । महिलाहरुलाई बिभिन्न सिप मुलक योजना तालिमहरुको संचालन गरेर उनिहरुलाई आतम निर्भर बनाई आर्थिक रुपमा अगाढी बढाउने उदेस्यले आफुले काम गरिरहेको उनको भनाई रहेको थियो ।

साथै उनले पालिकाबाट आगामी दिनहरुमा पनि महिला लक्षित सिप मुलक कार्ययोजनाहरुलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जाहेर गरिन् । वडा अध्यक्ष भोजराज जोशीले यो ५ दिने तालिममा ४० जना बिभिन्न टोलबाट सहभागी रहेको बताए ।उनले टोल विकास समितीका अध्यक्षद्धारा छनौट गरेर यो तालिममा दलित, जनजाती, एकल महिला लगायतले तालिम लिने अवसर पाएको बताए ।

वडाले एक सुचना निकालेर विगतमा पनि २८ जनालाई ३ किलो च्याँउको विउ विजन वितरण गरेको र अहिले पनि तालिम दिएर उनिहरुलाई सिप सिकाएर उत्पादन गर्नमा सहयोग गरेको जानकारी दिए । तालिमका सहभागी भागरथी चनाराले आफुले विगतमा पनि च्याँउ उत्पादन गर्दै आएको र तालिम नपाएर कम उत्पादन हुँदै आएको बताईन् । अब यो तालिमबाट सिप सिकेर उत्पादन पनि बढाउने र व्यवसायिक रुपमा च्याँउ खेती गर्ने बताईन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.