महेन्द्रनगर । सुदूरपश्चिमका २ तराईका जिल्ला कञ्चनपुर र कैलालीमा बिहान देखी हुस्सु र कुहिरो लागेको छ । बिहानदेखी लागेको हुस्सुले जनजिवन प्रभावित भएको छ । हाल मुलुकका अधिकांश भू(भागमा मौसममा आंशिक बदली आएको छ ।
तराईका अधिकांश भू(भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज रति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
Comments are closed.