भीमदत्त नगरपालिकाको नगर सभाको १४औं अधिवेशन सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिको नगर सभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा बुधबार अधिवेशन सम्पन्न भएको हो । नगर प्रवक्ता महेन्द्र खड्काले सभामा विषयगत समितिका प्रतिवेदन सुझाव सहित पारित भएको बताए ।

सभामा न्यायिक समितिको प्रतिवेदन न्यायिक समिति संयोजक एवम् नगर उपप्रमुख निलम लेखक जोशीको अनुमतीमा न्यायिक समिति सदस्य एवम् नगर सभा सदस्य रोजिना शाहीले प्रस्तुत गरेकी थिइन भने आर्थिक विकास समिति,लेखा समिति,विधेयक समिति,सार्वजनिक सेवा तथा क्षमता विकास समिति,सामाजिक विकास समिति,वन वातावरण तथा विपद् व्यवस्थापन समिति र पूर्वाधार विकास समितिको प्रतिवेदन समितिका संयोजक क्रमशः गगन सिंह धामी,हरिहर दमाई, भुपेन्द्र सिंह रावल, महेन्द्र खड्का, सुशिल कुमार भट्ट, प्रकाश थापा र पदमराज अवस्थीले प्रस्तुत गरेका थिए ।

यस्तै सभाले भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकका निर्णयहरु अनुमोदन गरेको नगर प्रवक्ता खड्काले बताए । सभामा नगरको समग्र विकास र समस्याका विषयमा समेत छलफल भएको उनले बताए ।

सम्बन्धित

Comments are closed.