वेदकोट नगरपालिकामा २१५ औँ विश्व ब्रेल दिवस सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका कृष्णपुर नगरपालिकामा २१५ औँ विश्व ब्रेल दिवस मनाईएको छ । वेदकोट नगरपालिका वडा नम्वर ६ मा र कृष्णपुर नगरपालिका २ मा उक्त कार्यक्रम मनाईएको हो । वेदकोट नगरपालिकाको भुवनेश्वरी माध्यमिक विद्यालयमा दृष्टि विहिनहरुका लागी सहायक सामग्री तथा शैक्षिक सामग्रीहरु पनि उक्त कार्यक्रमा वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले दृष्टिविहिन अपाङगता भएका व्यक्तीहरुले पालिकामा गरेको कार्य अति सराहनिय रहेको बताउँदै आगामी दिनहरुमा पनि अपाङगता भएका व्यक्तीहरुका लागी पालिकाले सदैव साथ सहयोग र समन्वयमा बिभिन्न सिप मुलक कार्यक्रमहरु, बिभीन्न क्षमता विकासका कार्यक्रम रोजगारीका लागी पहल गरिने बताए ।

साथै पालिकाले प्रदान गरेका सहायक सामग्रीले अपाङगता भएका व्यक्तीहरुलाई दैनिकी जिवनमा गर्ने कार्य सहज हुने र अहिले पाएका व्यक्तीहरुलाई यसले सहयोग पुग्ने बताए । साथै यो बाहेक अन्यलाई पनि निकट भविश्यमा अन्य सहायक सामग्रीहरु वितरण गरिने प्रतिबद्धता जाहेर गरे, साथै उनले ब्रेल लिपीका आविस्कारक लुईस ब्रेल लाई धन्यवाद दिँदै अहिले पनि उनको आविस्कारले गर्दा दृष्टि विहिनलाई अध्ययन गर्न सहज भएर आत्म निर्भर रोजगारमुखी बन्न सफल भएको बताए ।

कार्यक्रमका सभाध्यक्ष एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले नगरपालिकाले विगतदेखी अपाङगताको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गरेर सहयोग दिँदै आएको र आ्गामी दिनहरुमा पनि सहकार्य गरेर कार्यक्रम गर्ने बताईन् । साथै हाम्रो समाजमा रहेको सबै अपाङगता भएका व्यक्तीहरुलाई उनिहरुको सम्मानजनक जिवन जिउन पाउँनु पर्ने हक अधिकारका लागी पालिकाले सक्दो पहल र सहयोग गर्ने बताईन् ।

साथै उनिहरुलाई पालिकाले आत्मनिर्भर बनाउनका लगी आगामी दिनमा बिभिन्न रोजगार मुलक तालिम कार्यक्रमको आयोजना गर्ने पनि जानकारी दिईन् । उक्त कार्यक्रममा सहायक सामग्रीमा ३० थान सेतो छडी, ५ थान ब्रेल लिपी स्लेट, १५ थान पेन ड्राईभ लगायतका सामग्रहिरु वितरण गरिएका थिए । उक्त कार्यक्रमको संचालकको भुमिकामा राष्ट्रिय दृष्टि विहिन संघ नेपालका अध्यक्ष बलराम पन्त रहेका थिए ।

कार्यक्रमको सहजीकरणमा सुदूरपश्चिम विश्व विद्यालयका उप प्राध्यापक एवम अपाङगता विज्ञ डा. यज्ञराज पाण्डेयले गरेका थिए । उक्त कार्यक्रममा वेदकोट नगरपालिका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिभिन्न अपाङगतासंग सम्बन्धीत संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार, समाजसेवी लगायतको उपश्थिती रहेको थियो ।

यस्तै उता, कृष्णपुर नगरपालिकामा पनि यो संचालन गरिएको थियो । उक्त कार्यक्रममा सभाध्यक्षमा कृष्णपुर दृष्टिविहनि संघका अध्यक्ष करन सिंह साउद रहेका थिए भने प्रमुख अतिथीमा नगर उपप्रमुख द्रोपती राना रहेका थिए यस्तै, बिशिष्ट अतिथीमा राष्ट्रिय अपाङग महासंघका पूर्व सदस्य रुपा रानी राईले गरेकी थिईन् । ३७ जना दृष्टिविहिनहरुले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए ।

सम्बन्धित

Comments are closed.