महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बालविवाहलाई न्युनिकरण गर्नको लागी जन प्रतिनिधीहरुले निती निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । बिहिवार पालिकाको सभा हलमा आयोजना गरिएको सुदूरपश्चिममा बालविवाह निवारण परियोजना अन्तरगत बालविवाह निवारणका लागी स्थानिय प्रतिबद्धता विषयमा पालिका स्तरीय पैरवी कार्यक्रममा उनिहरुले आफनो वडामा निती बनाउने प्रतिबद्धता जाहेर गरेका हुन् ।
राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) ले नेपाल सरकारले आगामी सन् २०३० सम्ममा नेपालबाट बालविवाहलाई शुन्यमा पुय्राउने लक्ष्य अनुरुप अहिले सुदूरपश्चिमका बिभिन्न जिल्लामा परियोजना मार्फत काम गरिरहेको छ । दोधाराचाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले नेपाल सरकारको सन २०३० मा बालविवाह न्युनिकरण गर्ने योजनामा पालिकाले पनि साथ र सहयोग गर्ने र निती अनुरुप नै पालिकाले आफनो कार्य गर्ने बताए ।
साथै उनले पालिकाले बिभिन्न योजनाहरु बालबालिका लक्षित कार्यक्रमहरु गरेको जनचेतना मुलक कार्यहरु गरेको भएपनि प्रमुख कुरा भनेकै निती भएकाले सबै वडामा जानकारी भईसकेको भएर आगामी दिनमा यो कार्यलाई प्राथमिकतामा राखेर काम गरिने बताए । साथै पालिकामा बालमैत्री उद्यान, बालमैत्री पालिका वडा बनाउनमा सबैले हातेमालो गरेर मात्रै सहज हुने बताए ।
यस्तै दोधाराचाँदनी नगरपालिकाका ७ का अध्यक्ष ज्ञानेन्द्र बयक क्षेत्रीले सरकारले निर्माण गरेको कानुन निती बमोजिम बाल अधिकारका लागी चाहिने निती निर्माण गरी कोष खडा गरेर काम गरिने बताए । राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) को सुदूरपश्चिममा बालविवाह निवारण परियोजनाका कार्यक्रम संयोजक टेक विकेले स्थानिय तहमा एसडिजी गोल र नेपाल सरकारले २०३० सम्ममा सुदूरपश्चिममा सबै प्रकारका बाल हिँसा, बाल विवाह र बाल श्रमलाई निवारण गर्ने प्रतिबद्धता लिएको सन्दर्भमा स्थानिय तहले पनि निती निर्माण गरेर काम गर्नुपर्ने बताए ।
साथै वडा पालिकाले सो प्रतिबद्धता पुरा गर्न निर्माण गर्ने निती के के हुन ? कुन कुन निती निर्माण भएका छन ? कुन कुन नितीहरु निर्माण गर्न बाँकी रहेका छन र कहिले सम्म निर्माण गर्दछौ ? भनेर आजको कार्यक्रमको आयोजना गरिएको उनले बताए । साथै उनले यो कार्यक्रममा आफनो पालिकामा वडामा ति निती नियमहरु निर्माण गरी २०३० सम्ममा लागु गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर पनि गरिएको उनले बताए ।
साथै पालिकाका १० वटै वडाका वडा अध्यक्ष, नगर प्रमुख उपप्रमुख प्रशासकिय अधिकृत, महिला बालबालिका शाखा, सबैले आफनो पालिकामा २०३० सम्म बालविवाह , बाल श्रम, बाल हिँसालाई शुन्यमा ल्याउने प्रतिवद्धता पत्रमा हस्ताक्षर पनि गरेका छन् ।
साथै उनले यो परियोजना सुदूरपश्चिमको ४ वटा जिल्ला बझाङ, अछाम,कैलाली र कञ्चनपुरमा लागु भएको छ, जस्मा पनि जोखिमताको आधारमा कञ्चनपुरमा भीमदत्त, कृष्णपुर र दोधारा चादनीमा कैलालीमा गोदावरी नगरपालिका मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकामा यो परियोजना लागु भएको कार्यक्रम संयोजक विकेले जानकारी दिए ।
यस्तै बझाङमा थलारा गाउँपालिका र खप्तड छान्ना गाउँपालिका अछाममा मंगलसेन नगरपालिका र साफेबगर नगरपालिका गरी १० पालिकाको ६० वटा वडामा रुपान्तरण कक्षासहित बिभिन्न कार्यक्रम गरिरहेको उनले जानकारी दिए । विषेश गरे यो परियोजनाले किशोर शसक्तीकरण, अभिभावकहरु संग क्षमता विकास स्थानिय तहको क्ष्मताको पनि अभिवृद्धी गर्ने उदेश्य पनि रहेको कार्यक्रम संयोजक विकेले बताए ।
Comments are closed.