दोधारा चाँदनीका वडा सदस्य मगरको पहलमा क्यान्सर पिडितलाई सहयोग

पप्पु गुरुङ

महेन्द्रनगर। दोधारा चाँदनी नगरपालिका– ६ का वडा सदस्य गणेश बहादुर मगरको पहलमा क्यान्सर पिडित महिलालाई सहयोग गरिएको छ । दोधारा चाँदनी नगरपालिका– ६ का वडा सदस्य गणेश बहादुर मगरको पहलमा सोही वडाका गुरुङ्ग टोलमा बस्ने क्यान्सर पिडित वर्ष अन्ताजी ६६ का चन्द्रकला गुरुङ्गलाई रु ४१ ह्जार २ सय ६५ रुपिँया सहयोग गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिएका छन् । बिगत २ वर्ष देखि चन्द्रकला गुरुङ्ग क्यान्सरबाट पिडित हुदै आएका छन् ।

आर्थिक अवस्था दैनिय रहेका पिडित गुरुङ्गको उपचारको लागी रकम संकलन गरि हस्तान्तरण गरिएको वडा सदस्य गणेश बहादुर मगरले बताएका छन् । पिडित चन्द्रकला गुरुङ्गको चितवनको क्यान्सर अस्पतालमा उपचार भईरहेको बताईएको छ् ।

उपचार गर्न रकमको सकस भएपछि वडा सदस्स्य मगरको पहलमा उपचार रकम संकलन गरिएको हो । वडा सदस्य गणेश बहादुर मगरको टोलीले क्यान्सर पिडित गुरुङ्गको घरमै पुगेर संकलित रकम हस्तान्तरण गरिएको बताईएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.