भीनपा ४ मा रहेको सिद्धनाथ बैजनाथ मन्दिरमा यज्ञशालाको शिलान्यास

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको बैजनाथ सिद्धनाथ मन्दिरमा यज्ञशालाको शिलान्यास गरिएको छ । भीमदत्त नगरपालिका ४ बैजनाथ टोलमा रहेको उक्त मन्दिरको शिलान्यास उपप्रमुख निलम लेखकले गरेकी छन् । बिहिवार उक्त मिन्दरमा पालिकाबाट माटो भरान गर्न जमिनलाई सम्याउनका लागी जेसिबी लगाएर काम गरिएको उनले बताईन् ।

साथै उनले सबै समुदायको आवस्यक्ता रहेको यज्ञशाला भएकाले यसमा पालिकाले आगामी दिनमा पनि सहयोग गगर्ने बताईन् । अधुरो रहेका भवन पूर्णरुपमा सम्पन्न गर्ने पालिकाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी छन् । यस्ता पुरातात्विक, ऐतिहासिक, धार्मिक क्षेत्रहरुको संरक्षण एबम सम्वर्धन गर्नका लागी सबैले हातेमालो गर्नुपर्ने बताउँदै उनले पालिकाले अर्काे आर्थिक वर्षमा पनि उक्त मन्दिरमा काम गर्ने बताईन् ।

यज्ञशालाको शिलान्यास भएपछि स्थानियहरु खुसी भएका छन् । पालिका र समितीले गरेको प्रयाशले गर्दा आफनै वडामा यज्ञशाला निर्माण हुने भएपछि उनिहरु खुसी भएका छन् ।

सम्बन्धित

Comments are closed.