मन्त्र अस्पताललाई प्याब्सन महोत्सवमा सम्मान

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरलाई सम्मान गरिएको छ । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन ) कञ्चनपुरले मन्त्र हस्पिटललाई कदर पत्र प्रदान गर्दै सम्मान गरेको हो ।

प्याब्सन कञ्चनपुरले प्याब्सन महोत्सवमा मन्त्र हस्पिटलले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरी सहयोग गरेको भन्दै कदर पत्र प्रदान गरेको हो । प्याब्सन समापन कार्यक्रममा हस्पिटलका निर्देशक डा. गोबिन्द रोकायालाई कदर पत्र प्रदान गरिएको छ । प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टले कदर पत्र प्रदान गरे ।

आइतबारदेखि कबर्ड हलमा पाँच दिनसम्म सञ्चालन गरिएको प्रतिायोगिताका मन्त्र हस्पिटलले निःशुल्क सेवा उपलब्ध गराएको छ । साथै मन्त्र अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर गर्ने सरसफाई कार्यक्रमको अयोजना गर्ने, वृद्धवृद्धाहरुलाई निशुल्क रुपमा स्वास्थ्य शिविरको अयोाजना गर्दै औषधीहरु पनि वितरण गर्दै आएको छ ।

सम्बन्धित

Comments are closed.